डाेल्पान्युज डेक्स
नेकपा एमालेकाे भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल डाेल्पा निर्वाचन कमिटीको संयाेजककाे जिम्मेवारी विशाल राेकायाले पाएका छन ।साताै जिल्ला कमिटी डाेल्पाकाे अधिवेशन सम्पन्न गर्नकाे लागि बिशाल राेकायाकाे संयाेजकत्वमा आयाेजक कमिटी गठन गरिएकाे हाे ।
यसअघिका संयाेजक सुवास डाँगी देश बाहिर रहेकाे हुदा नयाँ संयाेजककाे जिम्मेवारी राेकायालाई दिईएकाे हाे ।
आयाेजक कमिटीको सचिवकाे जिम्मेवारी बिष्णु बुढालाई दिइएकाे राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य पाण्डव महताराले जानकारी दिनु भयाे ।
नेकपा एमालेसंग आबद्ध रहेका विभिन्न भातृ संगठनमा आगामी दिनमा आउने नेतृत्वले अनिवार्य संगठित सदस्य भएकाेलाई मात्र मुख्य जिम्मेवार पदमा दावी गर्न पाउने व्यवस्था रहेकाे केन्द्रीय सदस्य महताराले बताउनु भयाे ।
राष्ट्रिय युवा संघ नेपाल डाेल्पाकाे ७ औं जिल्ला अधिवेशन आगामी कार्तिक १५ गते भित्र सम्पन्न गर्न निर्देशन दिएकाे नेकपा एमाले डाेल्पाका पार्टी संयाेजक लंक बहादुर राेकायाले जानकारी दिनु भयाे।
केन्द्रीय पार्टीको निर्देशन अनुसार विधि विधान भित्र रहि नयाँ प्रविधिबाट संगठानिक गतिविधिका कामकार्य संचालन गरिने संयाेजक राेकायाले बताउनु भयाे।