ताजा समाचार

त्रिपुरासुन्दरी मर्यादित ब्यवस्थित सुरक्षितयुक्त र विभेदरहित नगरपालिका हुने

विष्णुप्रसाद देवकोटा

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका आर्थिक बर्ष ०८१/०८२ भित्र  मर्यादित ब्यवस्थित सुरक्षित महिनावारी युक्त एबं विभेद रहित नगरपालिका बन्ने भएकाे छ ।

सबैकाे लागि दिगाे खानेपानी सरसफाइ तथा स्वाच्छता(सुस्वा परियाेजाा)द्वारा आयाेजित दुई दिने मर्यादित महिनावारी ब्यवस्थापन विषयक कार्यशाला गाेष्ठीकाे समापन गर्दै त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र राेकायाले फिनल्यान्ड र युराेपियन युनियन सरकारकाे साझेदारीमा नगर क्षेत्रमा लागू गरिएकाे सुस्वा परियाेजना मार्फत संचालित कार्यक्रम प्रभावकारी रहेकाे बताउनु भयाे ।

मर्यादित सुरक्षित ब्यवस्थितयुक्त एबं विभेद रहित नगरवालिका बनाउन तर्फ लागि पर्ने उल्लेख गर्दै आगामी आर्थिक २०८१/०८२ भित्रमा विभेद रहित मर्यादित ब्यवस्थित र सुरक्षित महिनावारी नगरपालिका घाेषणा गरेर सुस्वा परियाेजना संचालनमा रहेका कर्णाली प्रदेशका २१ स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नगरपालिका पहिलाे हुने प्रतिवद्दता समेत नगर प्रमुख राेकायाले गर्नु भयाे ।

महिलामा हुने महिनावारी एक प्रकृतिमैत्री र नियमित प्रक्रिया भएकाले अन्धविश्वास रुढीबादी र परम्परागत साेचका कारण असुरक्षित र विभेदयुक्त हुने गरेकाे बताउदै नयाँ साेच  र प्रस्कृत विचारका साथ अगाडि बढेर ब्यवस्थित मर्यादित सुरक्षित र विभेद रिहत महिनावारी बनाउन सबै पक्ष सकरात्मक भई लाग्नु पर्नेमा नगर प्रमुख राेकायाले जाेड दिनु भयाे ।

सुस्वा परियाेजनाकी फिल्ड विज्ञ फिनल्यान्ड नागरिक पाउलिनाले महिनावारीलाई ब्यक्तिगत सवाल भन्न नसकेर लज्जित भइ आफैले आफैलाई अन्धविश्वास कुसंस्कार प्रति झुकाब राखेर महिनावारीलाई अनाबश्यक रुपमा असुरक्षित अमर्यादित अपहेलित बनाई रहेकाले परिवर्तन आफैवाट शुरु गर्नु पर्नेमा प्रेरणा मिलेको बताउनु भयाे ।  सुरक्षित ब्यवस्थित मर्यादित महिनावारी बनाउन समुहगत छलफलबाट उठाइएका सबाल राम्रा भएकाले ब्यवहारमा लागू गर्न कार्यशालाका  सहभागिलाई आग्रह पाउलिनाले गर्नु भयाे ।

नगर उपप्रमुख देवि घर्तीले महिनावारी नियमित प्रक्रिया भएकाले यसलाई अन्याथा साेच्नु नहुने उल्लेख गर्दै महिनावारी महिलाले दुध  दुहुनु हुदैन देविदेवताकाे मन्दिरमा पस्नु हुन्न भन्ने कुरा गलत साेच र अन्धविश्वासकाे उपज भएकाे बताउनु भयाे ।

सुस्वा परियाेजना संयाेजक धनप्रसाद बुढाले कार्यशालामा सिकेका ज्ञान सीप ब्यवहारमा लागू गर्नु पर्नेमा जाेड दिनु भयाे ।सहभागिकाे तर्फवाट त्रिपुरासुन्दरीनगरपालिका-३का वडाअध्यक्ष भक्तबहादुर केसीले दुई दिनकाे कार्यशाला गाेष्ठीमा मर्यादित सुरक्षित र ब्यवस्थित महिनावारीकाे ब्यवस्थापनकाे लागि नविनतम ज्ञान हासपल गर्ने अवसर प्राप्त भएकाे बताउनु भयाे ।

दुई दिन सम्म संचालन भई सम्पन्न भएकाे कार्यशाला गाेष्ठीमा नगरभित्रका छ ओटा माद्यामिक विद्यालयका शिक्षक शिक्षिका,छात्रा विद्यालयमा कार्यरत स्टाफ नर्स ११ वडाका वडाअध्यक्ष र संचारकर्मीकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा चार ओटा समुहगत छलफल गराई ब्यवस्थित मर्यादित र सुरक्षित महिनावारी युक्त घरपरिवार गाउँ र समाज हुँदै सिङ्गो नगरपालिका बनाउनकाे लागि गर्नु पर्ने काम समस्या पहिचान र समाधानको उपायहरुकाे खाेजि गरिएकाे थियाे ।

यसैबीच फिल्ड विज्ञ पाउलिनाले त्रिपुरासुन्दरी नगरपालिका-८ स्थित कलसका दलित टाेलमा निर्माणाधीन खानेपानी याेजनकाे स्थलगत अवलाेका गर्नुका साथै महिनावारी सम्बन्धि दलित समुदायसँग अन्तरक्रिया छलफल समेत गर्नु भएकाे थियाे ।

भाैतिक संरचना निर्माण प्रक्रियामा समुदायले देखाएकाे सक्रियता र समाजिक परिचालकले खेलेकाे भुमिका प्रति खुशि ब्यक्त समेत पाउलिनाले गर्नु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!