डाेल्पान्युज डेक्स
डाेल्पा,पुस ४ गते ।त्रिपुरासुन्दरी नगरपालिका भित्र कार्यरत कर्मचारीकाे भेलाले नगरस्तरीय प्रारम्भिक कर्मचारी युनियन गठन गरेकाे छ ।
नेपाल कर्मचारी युनियन डाेल्पाका अध्यक्ष दिर्घराज आरसीकाे अध्यक्षतामा भएकाे नगरस्तरीय कर्मचारीकाे भेलाले लक्ष्मीलाल थापाकाे नेतृत्वमा प्रारम्भिक नगर कार्य समिति गठन गरेकाे हाे ।
यसैगरी सुकबहादुर बुढा खुला उपाध्यक्ष, हरिचन्द्र हमाल काेषाध्यक्ष, समाबेशी उपाध्यक्षमा तुलबहादुर श्रेष्ठ सचिबमा कबिप्रसाद उपाध्याय र सहसचिबमा जगवर बुढा र सदस्यहरुमा श्रमती शान्ति रावत बलबहादुर थापा रहेकाे दस सदस्यीय कार्यसमिति गठन भएकाे हाे ।
लामाे समयदेखि त्रिपुरासुन्दरी नगरपालिकामा निजामती कर्मचारी युनियन प्रति आस्था हुंदा हुँदै पनि संगठन बन्न नसकिरहेको अवस्थामा नगर कार्यसमिति गठनसंगै कर्मचारीकाे पेशागत हकहित र संगठन विस्तारमा महत्त्वपूर्ण भुमिका खेल्नेमा कर्मचारी युनियनकाे जिल्ला नेतृत्वले अपेक्षा राखेकाे छ ।
कर्मचारीकाे प्रारम्भिक भेलामा त्रिपुरासुन्दरी नगरपालिकाका लेखाअधिकृत हिरालाल केसी गगनराज महतारा महादेव राना गाेकर्ण आरसी लगायतका कर्मचारी युनियन सम्बद्घ कर्मचारीकाे बाग्लाे उपस्थिति रहेकाे थियाे ।
यसैगरी भेलामा नेपाली कांग्रेस नगर सभापति टाेपबहादुर शाही बरिस्ठ नेता गाैरीशंकर उपाध्याय र नेकाका पुर्ब वडाअध्यक्ष कर्मसि थापानगर कार्यपालिका सदस्य भक्तमान नेपाली तरुण दलका केन्द्रीय सदस्य तुलबहादुर बाेहाेरा नेपाल शिक्षक संघका पुर्णकेशर न्याैपाने लगायतका कांग्रेस नेतृत्वहरुकाे समेत उपस्थिति रहेकाे नवगठित नगर कार्य समितिका सचिब कबिप्रसाद उपाध्यायले जानकारी दिनु भयाे ।
नवगठित समितिका पदाधिकारीलाई बरिङनेता गाैरीशंकर उपाध्याय लगायतका भेलामा उपस्थित कांग्रेस नेतृत्वले बधाई कार्यकाल सफलताकाे शुभकामना दिनु भएकाे थियाे ।