डाेल्पान्युज डेक्स
मुड्केचुला गाउपालिका क्षेत्रमा पर्ने खुलाग्ना भन्ने वनमा यत्तिखेर भालु आतंक मच्चिएको छ ।
मुड्केचुला गाउँपालिका- १ उक्त वन( लेख )मा खर्करुमानमा राखिएका पसुचौपायालाई भालुले मार्न थालेपछि आतंक मच्चिएको हाे ।
वडा नम्बर १ का अध्यक्ष बाग बहादुर बुढाले दिनु भएकाे जानकारी अनुसार दिनु अनुसार मुड्केचुला १ का रामचन्द्र रोकायाका १ गोरु २ गाई , जुन बहादुर बोहोराको १ घोडा १ घोडी , धन बहादुर रोकायाको १ घोडा , मानाशिङ बोहोराको १ घोडा र मुड्केचुला ३ का दान बहादुर थापाको १ घोडा गरि जम्मा ८ वटा पसुचौपाए भालुले मारेकाे छ ।
हरेक वर्ष बर्खाको समयमा हिमाली घाँस खुवाउनु तथा पशु बस्तु पालन पोषन गर्नको लागी यो समयमा गाउँ बस्ती देखि अग्लो स्थान हिमाल तिर पशुधन लग्ने गरिन्छ ।