ताजा समाचार

सर्वाेच्चकाे अन्तरिम आदेशकाे धज्जी उढाउदै वडाअध्यक्ष गुरुङ

डाेल्पान्युज डेक्स

डाेल्पा छार्काताङसाेङ गाउँपालिकाका एक वडाअध्यक्षले सर्वाेच्च  अदालतकाे अन्तरिम  आदेशकाे धज्जी उढाएका छन ।

डाेल्पाेबुद्व गाउँपालिका वडानं. ४ का स्थानीयले पशु बस्तु  चरिचरन गर्न पाउने भनी सर्वाेच्च अदालतले बि.सं. २०७६ भदौ ८ गते अन्तरिम आदेश जारी गरेकाे थियो ।

तर आदेश विपरीत छार्काताङसाेङ गाउँपालिका वडा नं. १ का अध्यक्ष धावा लामा गुरुङले गत जेठ ३० गते देखि आफ्नाे वनमा चरिचरन गर्न प्रवेश गरेका डाेल्पनेबुद्दका याक चाैरि लगायतका पशुबस्तु आफ्नाे नियन्त्रणमा लिदै आएका छन ।

अहिले सम्म उनले डाेल्पाेबुद्व गाउँपालिका वडा नं. ४ का २४ घरधुरीका ९० वटा याक (चाैरी) आफ्नाे वन क्षेत्रमा चरिचरनकाे प्रवेश गरेकाे भन्दै  नियन्त्रणमा लिएका छन ।

छार्काताङसाेङ गाउँपालिका वडा नं. १ र डाेल्पाेबुद्व गाउँपालिका वडा नं. ४ काे सिमा क्षेत्रमा  रहेकाे ढुकुङ सामुदायिक वनमा  दुवैले आआफ्नाे दावी गर्दै आएका छन ।

उता छार्काताङसाेङ गाउँपालिका वडा नं. १ ले दावी गर्दै आएकाे वन क्षेत्रमा डाेल्पाेबुद्व गाउँपालिका वडानं. ४ का स्थानीयले पशु बस्तु  चरिचरन गर्न पाउने भनी सर्वाेच्च अदालतले बि.सं. २०७६ भदौ ८ गते अन्तरिम आदेश जारी गरिसकेको छ ।

डाेल्पाेबुद्व गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लावाङ गुरुङले भने वन सिमा विवाद सम्बन्धि सर्वाेच्चले अन्तरिम आदेश गरेर विवाद समाधान गरेपनि छार्काताङसाेङ गाउँपालिका-१ का वडाअध्यक्ष गुरुङले आदेश विपरीत पशुवस्तु नियन्त्रणमा लिएर बन्धक बनाएर राख्ने काम गरिरहेकाे बताउनु भएकाे छ।

नियन्त्रणमा लिएरमा बन्धक बनाईराखेका याकचाैरी फिर्ता गर्न पटक पटक अनुराेध गर्दा पनि फिर्ता नगरेकाले पुन कानुनी उपचारमा लाग्ने डाेल्पाेबुद्द- ४ का अध्यक्ष लावाङ गुरुङले बताउनु भयाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!