डाेल्पा,मङ्सिर २२ गते ।काेष तथा लेखा नियन्त्रण कार्यालय डाेल्पा दुनैले शुक्रबार त्रिपुरासुन्दरी नगरपालिका केन्द्र त्रिपुराकाेट बजारमा संचालित पसलहरुमा अनुगम गरेकाे छ ।
मदिराजन्य तथा गुटखा पसलहरुकाे ब्यवस्थापन तथा करकाे दायरामा बसेर ब्यवसाय संचालन गरे नगरेकाे नेपाल सरकारकाे कर दायरामा आए नआएकाे लगायतका पक्षहरुकाे जानकारी लिन काेष तथा लेखा नियन्त्रण कार्यालयले पसलहरुकाे अनुगमन गरेकाे बताईएकाे छ ।
करकाे दायरामा आएका पसले साहुहरुलाई आर्थिक मसान्तमा ब्यवसाय नविकरण गर्न ब्यवसाय दर्ता नगरेकालाई ब्यवसाय दर्ता गर्न सुझाव लगायत ब्यवसाय दर्ता प्रमाण पत्रमा उल्लेखित दायरामा रहि ब्यवसाय संचालन गर्न निर्देशन दिइएकाे काेष नियन्त्रक दुर्गेन्द्र वलीले बताए ।
कर छली नहाेस भनेर सबै ब्यवसाय संचालकलाई ब्यवसाय संचालन ईजाजत प्रमाणपत्र लिएर प्यान नम्बरमा उल्लेखित काराेवार गर्न उत्प्रेरित गर्ने उद्देश्यले त्रिपुराकाेट बजारमा रहेका मदिराजन्य तथा गुटखा पसल हाेटल फेन्सीस्टाेर र हार्डवयर लगायतका पसलहरुकाे नियमन अनुगमन र निरक्षण गरिएकाे काेष नियन्त्रक वलीकाे भनाई थियाे ।अनुगमन निरिक्षण टाेलिले त्रिपुराकाेट काेट बजारमा संचालित ८० वटा पसलहरुमा अनुगमन गरेकाे हाे ।
काेष नियन्त्रक दुगेन्द्र वलीकाे संयाेजकत्वमा मुनप्रसाद जैसी विष्णु बुढा बिर्खबहादुर भण्डारी र पेम्बा बुढाकाे अनुगमन नियमन र निरिक्षण टाेलीले बजार अनुगमन गरेकाे हाे ।
काेलेनिकाकाे संयाेजन त्रिपुरासुन्दरी नगरपालिका र जिल्ला प्रशासन कार्यालयकाे राेहवरमा भएकाे अनुगमन निरक्षणमा त्रिपुरासुन्दरी नगरका लेखापाल हिरालाल केसि प्रास रमेश रावत प्रहरी चाैकी त्रिपुराकाेटका प्रज गणेश परियार र संचारकर्मी विष्णुप्रसाद देवकोटाकाे सहभागिता रहेकाे थियाे ।