ताजा समाचार

भद्रबहादुर शाहीकाे नेतृत्वमानेपाली कांग्रेस भातृसंगठन नेपाल किसान महासंघ गठन

नेपाली काँग्रेसको भातृ संगठन नेपाल किसान महासंघ जिल्ला कार्यसमिति डोल्पाको पहिलो अधिवेशन  सम्पन्न भएको छ ।भद्रबहादुर शाहीकाे नेतृत्वमा  उपाध्यक्षमा भिमबहादुर उखेडा, दिपबहादुर शाही, सचिवमा विष कार्की, सहसचिवमा गिता महत, कोषाध्यक्षमा नरबहादुर बटाला पुन, सदस्यहरुमा देबु कार्की, राजकुमारी झाँक्री, काली डाँगी, लिला न्यौपाने लगायत १२ जना सदस्य सहितको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हने ।

अधिवेशनले केन्द्रिय प्रतिनिधिमा पवित्रा शाही, धर्मराज बुढा र आइतुरुपा रोकाया, प्रदेश प्रतिनिधिमा क्षेत्र नं. १ बाट रणबिर भण्डारी, धनबहादुर कार्की र सिर्जना हमाल, प्रदेश निर्वाचन क्षेत्र नं. २ बाट तिर्थकुमारी कार्की, मनबहादुर कुलाल र धनलक्ष्मी शाहीलाई चयन गरेको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति डोल्पाका सचिव हिक्मतबहादुर शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल  किसान महासंघ कर्णाली प्रदेश सदस्य शुशिला शाही र रन्तबहादुर सिंहकाे उपस्थिति रहेकाे थियाे ।

जिल्ला समन्वय समितिको सभा कक्षमा सम्पन्न अधिवेशनमा नेता कार्यकर्ताहरु र किसान महासंघका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसैगरी नेपाल किसान महासंघकाे शनिवार सम्पन्न भेलाले प्रदेश निर्वाचन क्षेत्र ( क) काे सभापतिमा हिमप्रसाद महत र उपसभापतिमा प्रकाश कामी निर्विरोध चयन हुनु भएकाे छ ।यसैगरी प्रदेश (ख) सभापतिमा लबचन्द्र राेकाया उपसभापतिमा जयपति सार्की सचिवमा सुरे शाहिला काेषाध्यक्षमा दन्ता खेडा र सहसचिवमा जयसि थापालाई सर्वसम्मत चयन गरेकाे छ ।

कार्यक्रममा संविधान सभासदस्य दुधकुमारी हमाल जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकाया सहितकाे उपस्थिति रहेकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!