डाेल्पा,मङ्सिर १७ गते ।जिल्ला अस्पताल दुनैमा संचालित हाडजोर्नि सम्बन्धि निशुल्क शल्यक्रिया शिविर सम्पन्न भएकाे छ ।शिविरवाट १ सय ७० जनाले निशुल्क स्वास्थ्य परीक्षण गरेका छन ।
सोलुखुम्बु पोलिटेक्निकल एकेडेमि काठमाण्डौको आयोजनामा ११ मङ्सिर देखि १६ गते सम्म हाडजोर्निको निशुल्क शल्यक्रिया शिविर संचालन भएकाे थियाे ।शिविरमा १०१ जना महिला र ६९ जना पुरुषले गरेर जम्मा १७० जनाले सेवा लिएका हुन ।
शिविरमा ५६ जनाको शल्यक्रिया र ३२ जनाको हाडजोर्निमा सुई लगाएर उपचार गरिएको हाे ।
स्वास्थ्य शिविरबाट गरिब तथा विपन्न डोल्पाली जनताले सुविधा पाएकाे । स्वास्थय सेवा कार्यालय डोल्पाका स्वास्थ्य सेवा व्यवस्थापक डा रत्न विर सुनारले बताए ।
डाेल्पा जस्ताे दुर्गम जिल्ला मा आएर निशुल्क शिविर संचालन गरि सेवा प्रवाह गरेकाेमा सोलुखुम्बु पोलिटेक्निकल एकेडेमि काठमाण्डौलाई बिदाई कार्यक्रम समेत गरिएकाे थियाे ।
कार्यक्रममा स्वास्थय सेवा कार्यालय डोल्पाका स्वास्थ्य सेवा व्यवस्थापक डा रत्न विर सुनार, अस्पताल व्यवस्थापन समिति अध्यक्ष कमल बहादुर शाही,जिल्ला अस्पतालका चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्याय र अस्पतालका कर्मचारिहरुले प्रशंसा पत्र सहित सम्मननकासाथ विदाई गरेका थिए।
फाेटा: फाईल तस्बिर डा अखण्ड उपाध्याय फेसबुकवालवाट