ताजा समाचार

डाेल्पामा शनिबार बेपत्ता कठायत मृत फेला

डाेल्पान्युज डेक्स

डाेल्पा,भदा८ गते ।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ गल्लीका अन्दाजी ६० वर्षीय डम्मर सिंह कठायत आईनवार विहान मृत फेला परेका छन ।

शनिबार दिउँसो उनी घरबाट न्युने डाँडा वनतर्फ बाख्रा चराउन गएका थिए।शनिबार दिउँसो गोठाला गएका उनी साँझसम्म घर नफर्किएपछि परिवार र स्थानीयवासीले शनिबार साँझ रातभर उनको खोजीकार्य गरेका थिए।

तर, रातभर खोज्दा पनि उनलाई फेला पार्न नसकेपछि आइतबार पुनः बिहान देखी नै खोजीकार्य गर्दा त्रिपुरासुन्दरी १ न्यूने डाँडा स्थित कालाजुरको तलतिर मृत फेला परेको गल्लीका स्थानीय नन्दबहादुर शाहीले जानकारी दिए।

तपाईको प्रतिक्रिया