त्रिपुरासुन्दरी नगरपालिकामा नेपाल टेलिकमको NT FTTH सेवा विस्तार भएकाे छ ।
नेपाल टेलिकमको नियमित सेवा विस्तार गर्ने कार्यक्रम अनुसार नेपाल टेलिकमले डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा आफ्नो सेवा विस्तार गरेकाे हाे।
शुक्रबार त्रिपुरासुन्दरी नगरपालिकाकाे केन्द्रमा नेपाल टेलिकमको NT FTTH सेवा विस्तारको शुभारमम्भ कार्यक्रम गरि आैपचारिक रुपमा सेवा शुरुवात गरिएकाे नेवाल टेलिकम डाेल्पाका प्रमुख दयाविक्रम केसीले जानकारी दिनु भयाे ।
नेपाल टेलिकम को NT FTTH सेवा सुचारु भएसँगै त्रिपुरासुन्दरी नगरपालिकाकाे वगर बजार क्षेत्रका नागरिक द्रुत गतिको ईन्टरनेट र फाेन सेवाकाे पहुँचमा पुगेका छन ।
डाेल्पाकाे त्रिपुराकाेटस्थित वालात्रिपुरा सुन्दरी मन्दिरमा FTTH पहिलो लाईन जडान गरि सेवाकाे सुभारम्भ गरिएकाे हाे ।
नेपाल टेलिकम डाेल्पाका प्रमुख केसीका अनुसार त्रिपुरासुन्दरी नगरपालिकामा अवस्थित टावरबाट बगरमा रहेको वस्तिमा नेटवर्किङ गरि बितरण गरिनुका साथै रुकुमपश्चिमकाे राडिज्युलावाट आएको एडिएसएस फाइवर लिङ्कसँग समेत कनेक्शन गरि द्रुत गतिको ईन्टरनेट र टेलिफोन सेवा संचालनमा ल्याइएको छ ।
नेपाल टेलिकम को NT FTTH सेवा सुरु भएसँगै ग्राहकले अब नेपाल टेलिकमको द्रुत गतिको न्युनतम (50Mbps देखी अधिकतम 1Gbps सम्मको ) इन्टरनेट NTTV, Telephone लगायतको सेवा दिन नेपाल टेलिकम तयार रहेको दुरसञ्चार कार्यकलय डोल्पाका प्रमुख दया बिक्रम केसीले जानकारी दिए ।प्रारम्भिक चरणमा ५ सय १२ लाइन क्षमताको डिभाइस राखिएको र उपभोक्ताकाे माग अनुसार नजिकका गाउँहरुमा पनि सेवा विस्तार गरिने लक्ष्य लिएकाे नेपाल टेलिकम डाेल्पाले जनाएकाे छ ।नेपाल टेलीकमले अहिल् NT FTTH सेवा ठुलीभेरी नगरपालिकाको वडा नम्बर ३ र ४ अनि वडा नम्बर ७,८ र ९ मा सेवा प्रवाह गरिरहेकाे छ ।
डोल्पामा नेपाल टेलिकमले सेवाको पहुच हरेक नागरिकले सहजै पाउनेगरी विस्तार गर्न सफल भएमा नेपाल टेलीकम नेपालमै सफल भयो भन्ने बुझ्दा हुने प्रादेशिक कार्यालय सुर्खेतका निर्देशक कमल लामािछानेले बताउनु भयाे ।
कर्णाली र कर्णालीको पनि डोल्पामा नेपाल टेलिकमको सेवामा सुधार,भरपर्दो र प्रभाबकारी बनाउन सदैब तत्पर रहेको र कर्णालीका अरु जिल्लाको तुलनामा डोल्पालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा.कमल लामिछानेले प्रतिबद्धता समेत जनाउनु भएकाे छ ।यसका साथै काईके गाउँपालिकामा पनि सेवालाइ थप व्यवस्थित गरिने र ठुलीभेरी नगरपालिकाको वडा नम्बर १० र ११ त्यसैगरी त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्वर ५ को ल्हाँमा रहेको नेपाल टेलिकमको टावरमा ब्याट्रीको समस्यालाइ समेत तत्काल समाधान गरिने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा.कमल लामिछानेले बताउनु भयाे ।
डोल्पाका सवै क्षेत्रमा नेपाल टेलीकमको सेवा विस्तारसंगै सुधार समेत हुने समय समयमा आइरहने समस्याकाे अहोरात्र खटेर समाधान गरिने निर्देशक लामािछानेकाे भनाई थियाे ।नेपाल टेलिकमको सेवा बिश्वासिलो हुने विश्वास लिएकोले पनि स्थानीय सरकारले गर्न सक्ने सवै खाले सहयोग गर्न तयार रहेको त्रिपूरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायाले बताउनु भयाे ।त्रिपूराकोट वगरका मात्रै नागरिक नागरिक नभएर पालिकाभरका नागरिकले टेलीकमको सेवा पाउनेगरी समन्वयको लागि स्थानीय सरकार सधै तयार रहेको प्रमुख राेकायाले प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।
पहिलो प्राथमिकतामा त्रिपुराकोट बजार क्षेत्रमा विस्तार गर्ने र माग अनुसार नजिकका गाउँहरुमा वितरण गर्न सकिने दुरसञ्चार कार्यालय डोल्पाका कार्यालय प्रमुख दया विक्रम केसीले बताउनु भयाे । नेपाल टेलिकम प्रादेशिक कार्यालय कर्णाली प्रदेशका निर्देशक डा. लामिछानेको अध्यक्षतामा भएकाे शुभारम्भ कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिका उपप्रमुख देवी घर्ती नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका लेखा प्रमुख यमलाल पाण्डे दुरसचार कार्यालय सुर्खेतका imu प्रमुख ओम ढकाल दुरसचार कार्यालय जाजरकोटका प्रमुख गाेपालजंग शाह त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भीमबहादुर थापा लगायत सम्बन्धित वडाअध्यक्षहरु नागरिक समाज र सेवाग्राहीहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।कार्यक्रममा उपस्थित सर्वसाधारणले नेपाल टेलिकमले सेवाप्रवाहकाे लागि विभिन्न स्थानहरूमा राखिएका टावरहरुमा वत्तिकाे भरपर्दाे अवस्था र ब्याट्रीको सुनिश्चितता नहुंदा सेवाप्रवाहमा अवरुद्घ हुने गरेकाेले समस्या सृजित स्थानहरुमा राखिएका टावरमा ब्याट्रीको तत्काल ब्यवस्थापन गर्न नेपाल टेलिकमका उपस्थित प्रमुखहरुलाई माग गरेका थिए ।
यो सेवा सुरु भएसँगै सिसिटिभी पनि जडान गर्न सक्नेछन क्यामेरा डिभाइस ग्राहक आफैले किन्न पर्ने छ भने नेपाल टेलीकमले जडानको कनेक्टिभिटी र डाटा स्टोरेज दिने छ । सिसिटिभीको डाटा स्टोरेज भने प्रदेशमा रहनेछ डाटा स्टोरेजको समयाअवधी ३ महिना सम्मको हुनेछ । नेपाल टेलीकमवाट सिसिटिभी जडान सेवा अहिले सम्म डाेल्पामा प्रयाेगमा ल्याइएकाे छैन ।
डोल्पा न्यूज । २० बैशाख २०८२, शनिबार १५:४१