ताजा समाचार

एमाले छार्काताङसाेङ गाउँ कमिटी अधिवेशन असार २३ गते कागकोटमा गर्ने निर्णय

विष्णुप्रसाद देवकोटा

डोल्पा, असार १४ – नेकपा (एमाले) छार्का ताङसोङ गाउँपालिका संगठन कमिटीको बैठक २०८२ असार १४ गते सम्पन्न भएको छ।  कर्म ढुन्डुप गुरुङको अध्यक्षतामा बसेको बैठकमा पार्टीका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

बैठकले छलफल गर्दै गाउँ कमिटीको अधिवेशन आगामी मिति २०८२ असार २३ गते कागकोटमा गर्ने महत्वपूर्ण निर्णय गरेको छ। अधिवेशनको तयारीका लागि संगठनलाई सक्रिय र एकीकृत बनाउने रणनीति तय गरिएको बैठकमा उल्लेख गरिएको छ।

बैठकमा नेकपा एमालेका बरिस्ठ जिल्ला नेता तथा भूमि समस्या समाधान आयाेग जिल्लाकम अध्यक्ष समेत रहेका तुलाचन्द्र बुढा नेकपा एमाले सचिव विष्णु बहादुर राेकाया सहितका नेता तथा कार्य कर्ताकाे उपस्थिति रहेकाे थियाे ।

बैठकमा पार्टीको अभियानलाई सफल बनाउन निरन्तर साथ र सहयोग प्रदान गर्दै आएका रुपलाल बोहराप्रति बैठकले आभार समेत व्यक्त गरेकाे छ ।

तपाईको प्रतिक्रिया