ताजा समाचार

जिल्लामै छैन शब वाहन मृतकका आफन्तलाई सास्ती, बेखवर स्थानीय सरकार

विष्णुप्रसाद देवकोटा

त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकाेटका राजेन्द्र राेकायाले २७ कात्तिक २०८१ काे राति आफ्नै घरमा डिसहाेमकाे तारले पासाे लगाएर आत्म हत्या गरे ।

आत्म हत्या गरेका राजेन्द्रकाे शब पाेष्टमार्टमकाे लागि २८ कात्तिक २०८१ दुनै लैजानु पर्ने भयाे ।तर मृतककाे निवासदेखि दस मिनेटकाे दुरिमा मात्र रहेकाे एम्बुलेन्सलाई शब बाेकि दिन मृतकका परिवार देखि आफन्तले हार गुहार गरे तर पनि मानेन ।

अन्तत एम्बुलेन्सले शब बाेक्न नमानेपछि आक्राेसित गाउँलेले एम्बुलेन्सलाई नै ताेडफाेड गर्ने र नगरविरुद्द आन्दाेलन गर्ने बताउदै सडक जाम गरे ।एम्बुलेन्सले नमानेपछि निजि जीपलाई हारगुहार गर्दा गर्दै झण्डै दुई घण्टा बढि समय बेतित भयाे ।

ठुलाे बार्गेनिङ पछि बल्ल एउटा जीपले शब बाेक्न सहमत भयाे र शब जिल्ला अस्पताल दुनैमा पुग्याे ।याे पीडा र सास्ती मृतक राेकाया परिवारले मात्र हाेइन सिङ्गो जिल्लाबासिले खेप्नु परिरहेकाे छ।याे जिल्लाकाे प्रतिनिधि घटना मात्र हाे ।

जिल्ला भर एउटा पनि शब बाहन नहुंदा मृतकका आफन्तले ठूलाे सास्ती ब्याेहाेर्नु परिरहेकाे छ।राष्ट्रिय सडक सन्जालमा डाेल्पा जाेडिएसंगै त्रिपुरासुन्दरी र ठुलिभेरि नगरपालिका जगदुल्ला गाउपालिकाका बहुसंख्याक वडा समेतमा सडक पहुँच पुगेकाे अवस्था छ ।

सडक पहुँचमा पालिका पुगेसंगै जिल्लामा एम्बुलेन्स सुविधा पनि विस्तारै पुगेकाे छ ।जिल्ला अस्पताल दुनैका चिकित्सा शाखा प्रमुख अखण्ड उपाध्यायका अनुसार स्वास्थ्य सेवा कार्यालय दुनै,ठुलिभेरि, त्रिपुरासुन्दरी नगरपालिका लगायत मुड्केचुला र जगदुल्ला गाउँपालिकाकाे समेत गरेर जिल्लामा ५ ओटा विरामी बाेक्नका लागि एम्बुलेन्स छन ।

एम्बुलेन्सकाे सुविधाले आपतकालीन विरामी ओसारपसारकाे लागि सहज हुदै आएपनि शब बाहन नहुंदा मृतकका परिवार र आफन्तलाई जिल्ला भित्र र जिल्ला बाहिर लैजान ठूलाे सास्ती खेप्नु परेकाे अवस्था विद्यमान छ ।नेपाल सरकार स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले अतिआवश्यक ठानिएकाे शब बाहनकाे क्यवस्था नगर्दा सिङ्गो डाेल्पाले अनेकन झनझट ब्यहनेर्नु परेकाे छ ।

कहिले काहीँ मानवीयताकाे हिसाबले पनि एम्बुलेन्सले शब बाेकि दिनु पर्ने बताउनु हुन्छ त्रिपुरासुन्दरी नगरपालिका-१ का गाैरीशंकर उपाध्याय ।उहाँ भन्नू हुन्छ”नगर लगायत स्वास्थ्य सेवा कार्यालय समेतमा भएकाे एम्बुलेन्सले मान्छेका अनुहार हेरेर सेवा प्रवाह गरिरहेकाे र सामान्यहरुले सेवामा समानताकाे अनुभुती गरेकाे अवस्था छैन ।

जिल्ला अस्पताल दुनैका चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्याय बेला बेलामा शबहरुलाई पाेष्टमार्टमकाे लागि प्रहरीले अस्पतालमा ल्याउदा हाेस वा अन्य कुनै ब्यक्तिगत तबरबाट ल्याएर आउदा हाेस एकदमै समस्या झेल्नु परेकाे बताउनु भयाे ।राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले शब बाेक्न नपाउने शब बाहन नै हुनु पर्ने ब्यवस्था गरेकाे डाक्टर उपाध्यायकाे भनाई छ ।

उहाँका अनुसार राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले एम्बुलेन्सलाई पनि क,ख र ग बर्गमा बर्गिकरण गरेकाेमा डाेल्पामा हाल ग बर्गका विरामी ओसारपसार गर्ने बाहनकाे रुपमा मात्र एम्बुलेन्स संचालनमा छन ।

पालिकामा भएका एम्बुलेन्सहरुले शब बाेक्न नमान्ने कहिले काहीँ मानवीयताकाे हिसावले एउटालाई बाेकि दिए हुन्थ्याे भन्ने हुन्छ तर सबैले एम्बुलेन्समै शब ल्याउन थालेकाे अवस्थामा झन ठूलाे समस्या हुने खतरा बढ्ने डाक्टर उपाध्यायकाे भनाई छ ।

जिल्ला अस्पतालमा पाेष्टमार्टमकाे लागि बार्षिक रुपमा ५ देखि १० वटा सम्म शब आउने गरेकाे अस्पतालले जनाएकाे छ ।जिल्लामा शब बाहन नहुंदा जिल्ला भित्रका नागरिकले त अनेकन समस्या झेल्नु परिरहेकै छ त्यसमा पनि  जिल्ला बाहिरकाे शब लैजानु पर्दा डाेल्पा नेपालगन्ज सम्मकाे लागि ४० देखि ५० हजार सम्म भाडा तिर्नु पर्ने अबस्था छ ।

स्वास्थ्य जस्ताे संबेदनसिल क्षेत्र अन्तर्गतकाे जिल्ला स्वास्थ्य सेवा कार्यालय डाेल्पामा एउटा सम्म शब बाहन सेवाकाे ब्यवस्था तर्फ संघ प्रदेश माननीय र स्थानीय जनप्रतिनिधिको ध्यान पुग्नु जरुरी छ

तपाइको प्रतिक्रिया

error: Content is protected !!