ताजा समाचार

डाेल्पा लगायत देशभर विविध कार्यक्रमका साथ मनाइयो २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस

डाेल्पान्यूज डेक्स ।

वि,सं १९९० सालको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आइरहेको छ ।

‘भूकम्पले सिकाएको पाठ: बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज विविध कार्यक्रमहरु सञ्चालन गरी हिमाली जिल्ला डाेल्पा लगायत देशभर २७ औं भूकम्प सुरक्षा दिवस मनाइँएकाे छ ।

जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकाया प्रमुख जिल्ला अधिकारी राेमबहादुर महत प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसी नागरिक समाज समाजसेवी राजनीतिक दलका प्रतिनिधि जिल्लास्थित नेपाली सेना सशस्त्र प्रहरी बल,सरकारी कार्यालयका कार्यालय प्रमुख र महिला समाजेवी सम्मिलित र्यालीले राष्ट्रिय भूकम्प दिवस २०८१ काे राष्ट्रिय नारा अंकित ब्यानर र प्ले कार्ड सहित दुनै बजार परिक्रमा गरि जिल्ला समन्वयको प्राङ्गणमा गएर विसर्जन गरिएकाे थियाे ।

सशस्त्र प्रहरीका सकल दर्जाहरुद्वारा भूकम्प जस्ताे विनासकारी विपदमा के कसरी वचन सकिन्छ भूकम्पमा परेका नागरिकको उद्दार कसरी गरिन्छ र पूर्व तयारीमा के कसरी लाग्न सकिन्छ भन्ने बारेमा सचेतनामुलक प्रयाेगात्मक अभ्यासकाे प्रस्तुति समेत गरिएकाे थियाे ।

विसर्जन कार्यक्रममा बाेल्दै जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकायाले प्राकृतिक विपद म आउदै छु भनेर जानकारी नदिने र जतिखेर जस्ताेसुकै अवस्थामा पनि आउने भएकाले पूर्व तयारी गर्नु र सचेत भएर बस्नु आवश्यक रहेकाे बताउनु भयाे ।

भूकम्प बाजा बजाएर नआउने भएकाले भूकम्प पछिकाे उद्दार र पुननिर्माण तर्फ सरकार गम्भीर भएर लाग्नु पर्नेमा प्रमुख राेकायाले जाेड दिनु भयाे ।

भूकम्प सुरक्षा दिवसलाई प्रभावकारी बनाउनको लागि भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमासमेत गरिएको छ । वि.सं. ९९९० मा आजकै दिन अर्थात् माघ २ गते नेपालमा एउटा ठूलो विनाशकारी भूकम्प गएको थियो ।

भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपालसहित आसपासका क्षेत्रमा विध्वंसात्मक रूपमा आइनैरहेको छ । यही क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एक पटक महाविनाशकारी भूकम्पको सामना गर्नुपर्‍यो । वर्ष ८० मा पनि साना ठूला भूकम्पको पराकम्पका साथै जनधनको क्षति पनि भएको छ । यसै वर्ष पनि जाजरकोटमा भूकम्प गएको थियो ।

यस्तो घटना फेरि फेरि पनि हुन सक्ने हुँदा भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गर्ने र यस्तो अवस्थामा कसरी बच्ने भन्ने बारेमा जनतालाई सचेत गराउन अति आवश्यक छ । सरकारले यसबारे पहलकदमी गरेपनि अझै पूर्णता भने दिन सकेको छैन् ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!