ताजा समाचार

डाेल्पाकाे दुनैमा रिङ्गरोड निर्माणको कामले गति लिदैं

डोल्पा,पुष ८ गते ।यहाँको सदरमुकाम दुनैमा यत्तिखेर रिङ्गरोड निर्माणको काम तीब्र गतीमा अघि बढेको छ ।हिमाली जिल्लाको सदरमुकाममा पर्ने दुनै बजार आफैमा एक पर्यटकीय ऐतिहासिक नगरी पनि हो ।

जिल्लामा आउने र सदरमुकाम दुनैलाई पर्यटन आत्मीयता साटेर उपल्लो डोल्पातीर लाग्ने पर्यटकहरुलाई सदरमुकाम दुनै बजारको दृश्र्यअवलोकन गर्न सहज होस भनेर रिङ्गरोड निर्माण भइरहेको ठूलिभेरीनगरपालिका जुफालले जनाएको छ ।

नगरको आन्तरिक स्रोतबाट खर्चहुने गरी रिङ्गरोड निर्माणको भइरहेको हो ।दुनैबजारको अवस्थित भुक्षेत्रफल आफैमा सानो त्यसैमा अव्यस्थित रुपमा भइरहेको बजारीकरण र निर्माण भइरहेका भौतिक संरचनाले दुनैबजारलाई कुरुप बनाइरहेको अवस्था छ ।

 

रिङ्गरोड निर्माणको क्रममा साँघुरोवाटो पनि फराकिलो बन्ने अब्यवस्थित भौतिक संरचनाहरु पनि आपसी समझदारीमा भत्काइने भएकाले दुनैबजारको सुन्दरता बढाउन र पर्यापर्यटन विकासको अवधारणा अनुरुप सदरमुकामलाई पर्यटकको राम्रो रोजाईको क्षेत्र बनाउने कार्यमा यो रिङ्गरोडले निर्माणले सहयोग पुर्याउने छ ।नगरप्रमुख श्ववर्ण बुढाले रिङ्गरोड निर्माण भएपछि सदरमुकाम दुनैलाई सुन्दरता प्रदान गर्ने र आगामी दिनमा पर्यटकीय सम्पदा निर्माणमा यस कार्यले सहयोग पुग्ने बताए ।सदरमुकामलाई पर्यटन विकासको लागि आवश्यक पर्ने पुर्वाधारको प्रारम्भिक सुचकको रुपमा रिङ्गरोड निर्माणजारि रहेको र निर्माण सम्पन्न पछि सदरमुकाम दुनैबजारमा आउने स्वरुप परिवर्तनले यहाँको पर्यटन विकासको सम्भावनालाई निर्धारण गर्ने नगरप्रमुख बुढाको भनाई छ ।

ठुलिभेरीनगरपालिका–३ र १ वडाका अध्यक्ष भक्तबहादुर भण्डारी र तेजबहादुर रोकायले धेरै खर्चिलो नहोस भनेर आन्तरिक स्रोतबाट ब्यवस्थापन हुनेगरी नगरकै प्रत्यक्ष निगरानीमा निर्माणको काम भइरहेको बताए ।रिङ्गरोड निर्माणले आन्तरिक तथा विदेशी पर्यटकहरुलाई दुन्रप्रति थप आर्कषण गर्न सकिने र दुनैबजारलाई पुरै दृश्यवलोकन गर्न पनि सहज हुने वडाअध्यक्षहरुको भनाई छ ।निर्माण कामले छिटोछरितो विट मार्न सकोस भनेर सम्बन्धित सदरमुकाम दुनैबजार पर्ने वडाका अध्यक्षहरुको प्रत्यक्ष निगरानीमा काम भइरहेकाले निर्माण कामामा सहज र छिटो भइरहेको नगरप्रमुख सचिवालयका रेखामान बुढाले बताए ।

रिङ्गरोड निर्माणको क्रममा आइपर्ने साना समस्या अवरोध स्वंम स्थानीयले समाधान समेत गर्दै स्वस्फूर्त रुपमा जग्गा समेत स्थानीयले उपलब्ध गराइरहेका छन ।सदरमुकाम दुनैलाई पर्यटन विकासको पथमार्गमा अगाडि बढाई पर्यटकीय सम्पदाहरुको निर्माण गर्न सकेमा पर्यटन विकास भई सदरमुकामबासीको आयआर्जनमा बृद्दि हुनुका साथै हिमाली पर्यटकीय सदरमुकामको नाममा पर्यटकहरुको डोल्पा यात्राको प्रारम्भिक रोजाईको खुटकिलो बन्न सक्ने थियो की ?

तपाइको प्रतिक्रिया

error: Content is protected !!