डाेल्पा,मङ्सिर ३ गते ।
नेपाल पत्रकार महासंघ डाेल्पा शाखाकाे भवन निर्माणकाे लागि भण्डारी दाज्युभाईद्वारा जग्गा दान गरिएको छ। सदरमुकाम दुनै बजारमा ठुलीभेरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष समेत रहेका भक्त बहादुर भण्डारी र साेही वडा निवासी दाई इन्द्रबहादुर भण्डारीले नेपाल पत्रकार महासंघ डाेल्पा शाखालाई २०० बर्गमिटर क्षेत्रफलकाे जग्गा नामसारी गरिदिएका हुन ।
हिमाली जिल्ला डाेल्पामा थुप्रै चुनाैती विचमा पनि काम गर्दै आएका पत्रकारहरुकाे साझा संगठन नेपाल पत्रकार महासंघको नाममा जग्गा नामसारी गरि दान गर्ने जग्गादाता भक्त बहादुर भण्डारी र ईन्द्र बहादुर भण्डारीलाई नेपाल पत्रकार महासंघ डाेल्पा शाखाका अध्यक्ष सराेज थापाले धन्यवाद ब्यक्त गरेका छन ।
आगामी दिनमा बिशेष कार्यक्रम गरि जग्गादाता द्वाेय भण्डारी दाजुभाइलाई सम्मान गरिने र महासंघले सधै सम्झिरहने अध्यक्ष थापाले बताए । डाेल्पा शाखाकाे नाममा जग्गा आएसंगै विभिन्न निकायसंग समन्वय गरि आफ्नै भवन बनाई व्यवस्थित तरिकाले कार्यालय संचालन गर्ने उनले बताएका छन ।
राष्ट्रकाे चाैथाे अंङगकाे रुपमा हेरिने पत्रकारहरुकाे साझा संगठन नेपाल पत्रकार महासंघलाई ब्यबस्थित बनाउनकाे लागि जग्गा दान गर्न पाउनु आफैमा खुसी लागेकाे जग्गा दाता तथा ठुलीभेरी ३ का वडा अध्यक्ष भक्त बहादुर भण्डारीले बताए । डाेल्पाकाे समग्र बिकासकाे लागि सहि र गलत पहिचान गरि सत्य तथ्यमा आधारित रहेर कलम चलाउन पत्रकारहरुलाई वडा अध्यक्ष भण्डारीले आग्रह गरेका छन।