विष्णुप्रसाद देवकोटा
डोल्पा, असार १२ – नेपालकै दुर्गम हिमाली जिल्ला डोल्पाका सबै आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आ–आफ्नो बजेट सार्वजनिक गरेका छन्। दुई नगरपालिका र छ वटा गाउँपालिका रहेको डोल्पामा सबै स्थानीय तहले मङ्गलबारभित्र बजेट सार्वजनिक गरेका हुन्।
त्रिपुरासुन्दरी नगरपालिकाले पनि आगामी वर्षका लागि रु ५२ करोड ३८ लाख ३० हजार ३७४ को बजेट सार्वजनिक गरेकाे छ ।ठुलिभेरीनगरपालिकाले भने सबै भन्दा पहिले नगरसभा सम्पन्न गरि बजेट सार्वजनिक गरिसकेकाे छ ।
गाउँपालिकातर्फ, मुड्केचुला गाउँपालिकाले कुल रु ४२ करोड ३२ लाख २२ हजार ११२ को बजेट सार्वजनिक गरेको छ। उक्त बजेटमा चालू खर्च ६०.४७% र पूँजीगत खर्च ३९.५३% छुट्याइएको छ।
डोल्पो बुद्ध गाउँपालिकाले रु ३१ करोड ४ लाख ११ हजार ९७ बराबरको बजेट सर्वसम्मत पारित गरेको छ। यसमध्ये १४ करोड १० लाख ९८ हजार ९७ चालू खर्चका लागि र १६ करोड ९३ लाख १३ हजार पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
त्यस्तै, शे–फोक्सुण्डो गाउँपालिकाले रु ३७ करोड १९ लाख ९९ हजार को बजेट पारित गरेको छ। चालूतर्फ १३ करोड ७५ लाख १० हजार ६५० र पूँजीगततर्फ २३ करोड ४४ लाख ८८ हजार ३५० विनियोजन गरिएको छ।
जगदुल्ला गाउँपालिकाले रु ३३ करोड ८२ लाख ५३ हजार ६३२, र छार्का ताङ्सोङ गाउँपालिकाले रु ३३ करोड ७७ लाख को बजेट पारित गर्दै नयाँ वर्षको तयारी थालिएको छ। छार्काताङसोङको बजेट उपाध्यक्ष कर्मा ढुण्डुप गुरुङले अध्यक्ष सेनाङ गुरुङको सभाध्यक्षतामा प्रस्तुत गरेका थिए।
यसरी डोल्पाका सबै स्थानीय तहले नयाँ वर्षको वित्तीय योजना सार्वजनिक गर्दै अगामी विकास र सेवा प्रवाहका लागि आधार तय गरेका छन्, यद्यपि कतिपय तहमा आन्तरिक राजनीतिक मतभेदले प्रक्रिया प्रभावित बन्ने संकेत देखिएको छ।

डोल्पा न्यूज । १२ असार २०८२, बिहीबार ०६:०९