विष्णुप्रसाद देवकोटा
डाेल्पा ।३१ भदौ ।स्थापनाकाे ६४ वर्षपछि त्रिपुरा माबि काटिंयाचाैरकाे प्राङ्गणमा सरस्वती मन्दिर स्थापना गरिएकाे छ ।नवनिर्मित मन्दिरमा विशेष हाेमन(पुजा) गरेर विद्याकाे अधिषठता सरस्वतीकाे मुर्ति प्रतिस्थापन गरेर भदौ ३१ गतेवाट मन्दिरमा नियमित पुजाकाे प्रारम्भ गरिएकाे छ ।
फेदमा सुन्दरीगंगा पश्चिममा आद्यशक्ति श्रीवालात्रिपुरासुन्दरी भगवती मन्दिर दक्षिण भैरवीनदी पुर्व ऐतिहासिक ताराश्रीनगरी दरवार र उत्तरमा मुकुटेश्वर हिमालकाे बीच भाग डाेल डांडामा अवस्थित त्रिपुरा माबि काटिंचाैर भुवनाेटले पनि एक अलाैगिक स्थानमा रहेकाे छ ।
देउराली स्थानले स्थानीयस्तरमा चर्चा पाएकाे यस विद्यालयमा विभिन्न समयमा विद्यालयका बालबालिका तथा शिक्षक शिक्षिका समेत विरामी पर्ने काप्ने गरेकाले सरस्वती मन्दिर स्थापना पछि नियमित पुजाआजाले भूतप्रेतबाट हुने र भइरहेकाे संकट हट्ने विश्वास गरिएकाे विद्यालयले जनाएकाे छ ।
प्रधानाध्यापक तुलबहादुर विष्टले सरस्वती मन्दिर स्थापनाले विद्यालय परिवारकाे रक्षा हुने भूतप्रेत हट्ने अपेक्षा गरिएकाे बताउनु भयाे ।उहाँका अनुसार विहानबेलुका समेत नियमित मन्दिरमा दिप्रज्जवितका साथै ब्रमण शिक्षकबाट पुजा गरिने छ ।
मन्दिर मुर्ति प्रतिस्थापन तथा विशेष पुजाआजामा विद्यार्थी शिक्षक शिक्षिका विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी लगायत अभिभावककाे उल्लेखनीय उपस्थिति रहेकाे थियाे ।
सरस्वती मन्दिर स्थापनाले विद्यालयकाे रक्षा गर्ने अपेक्षा सहित विद्यालयकाे शाेभा समेत बढाएकाे बिव्यसका पुर्व अध्यक्ष पुरिप्रसाद हमालले बताउनु भयाे ।