ताजा समाचार

मङ्सिरमै भयाे डाेल्पामा दाेस्राे पटक हिमपात, किसान खुशी

डोल्पा,मङ्सिर २७ गते ।उपल्लाे  लगायत तल्लाे डाेल्पामा मङ्सिर महिनामै दाेस्राे पटक  हिमपात भएको छ ।मंगलवार राति अचानक   परेको अविरल वर्षसंगै हिमपात भएको हो ।

उत्तरी सिमा नाकामा पर्ने डोल्पोबुद्द छार्काताङसोङ, शे फोक्सुण्डो र काइके गाउँपालिकामा बाग्लो हिमपात भएपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ ।

त्यसै गरी तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने खालीवन बन्तडी हुम लगायतका बस्तीमा समेत हिउँ जमेको छ ।

त्यस्तै गरी ठूलिभेरी नगरपालिकामा पर्ने माझफाल थरगाउँ दुरगाउँ र काँडातालीमा पनि हिउँ जमेको खवर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शिब बुढाथोकीले जानकारी दिएयसैगरी जुफाल विमानस्थलकाे धावन मार्गमा समेत हिउँ जमेकाे छ ।धावन मार्गमा हिउँ जमेपछि नेपालगन्ज र सुर्खेतबाट डाेल्पाकाे लागि हुने कुनै पनि हवाई उडान भएनन् ।

हिमपातका कारण अत्याधिक चिसो बढेपछि बृद् बृद्दा महिला बालवालिकालाई समस्या भएको छ ।यत्तिखेर डोल्पाको तापक्रम शुन्य डिग्रीमा झरेको छ ।

हिमपातले जनजीवन कष्टकर बनाएपनि मङसिरमा परेको हिउँ शुभ भई बालीनाली लगायत यार्सागुम्बा उम्रनेमा सहयोग पुग्ने भएकाले कृषकहरु भने हर्षित छन ।

त्रिपुरासुन्दरी  नगरपालिका–१ का माधवसि कठनयतले  केहि दिन जनजीवन कष्टकर हुने भएपनि हिमपातले बालीनाली सप्रनमा सहयोग पुग्नुका साथै यार्सागुम्बा उम्रनमा समेत मद्दत गर्ने बताए ।

हिमपातले विभिन्न स्थानीय तहमा राखिएका नेपाल टेलिकमका टावरमा जडित सोलार प्यानलहरु समेत चार्जनभएपछि टेलिफोन सेवा समेत प्रभावित बनेको

तपाइको प्रतिक्रिया

error: Content is protected !!