डोल्पा ,माघ ४ गते । भेरी करिडोरअन्तर्गत पर्ने तल्नुबगरस्थित भेेरीनदिमा राखिएकाे होम पाइपबाट सवारी तारेवापत स्थानीय युवाले चर्को शुल्क उठाउन थालेका छन ।
रुकुम पश्चिमकाे छहरेवगर र जाजरकोटकाे सिमा तल्लुबगरस्थित भेरी नदीमा बेलिब्रिज नबनेकै कारण स्थानीय युवाहरूले गैरकानुनी रूपमा चर्को शुल्क उठाउने गरेकाे सवारी चालकहरुकाे गुनासाे छ ।
बुधबार मात्रै भेरी नदीमा ह्युमपाइप राखेर बनाइएको फड्कोको निर्माण कार्य सकिएको र व्यक्तिगत लगानीमा बनाइएकाले चारपांग्रे सवारीसाधन तारेबापत शुल्क उठाइएको स्थानीय युवा खिम बहादुर मल्लले बताए।
भेरीनदिमा ह्युमपाइपको फड्को बनाउन करिब ४० लाख खर्च भएकाे र नदिमा ह्युमपाइप हाल्नकाे लागि डोल्पामा विद्युतको ठेक्का लिएका व्यवसायीले आफ्ना सामान सार्न २० लाख बराबरको ह्युमपाइप किनी दिएकाे र लगानी उठाउन युवापरिचालन गरि शुल्क लिन थलिएकाे मल्लले डाेल्पा न्युजलाई बताए ।
ह्युमपाइपवाट सवारी तारेवापत बोलेरो जीपको पाँच हजार, मिनिट्रकको १० हजार र ठूलो ट्रकको १५ हजार उठाउने गरेकाे सवारी चालकले बताए ।
प्रत्येक पटक सवारी पास गराउँदा पैसा तिर्नु परेपछि व्यापारी मारमा परेको र यसको प्रत्यक्ष मार डोल्पाली उपभोक्तामा पर्ने ब्यापारी खिमबहादुर सिंले बताए ।
भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुजन अधिकारी व्यक्तिगत रुपमा सवारीसाधन तारेवापत शुल्क उठाउन नमिल्ने बताउछन । ‘
डोल्पाका छ वटा स्थानीय तहमा केन्द्रिय प्रशारण लाइन विस्तारको जिम्मा लिएका बिभान्सु महिनावती जेभीका मेनेजर नरेन्द्र काफ्लेले होम पाइपको पुल निर्माणका लागि आफूहरूले २० लाख लगानी गरेको बताए।
‘डोल्पामा केन्द्रीय प्रशारण लाइन विस्तारको जिम्मा लिइसकेपछि हामीलाई सयौँ टन पोल, तार लगायतका सामान लिनुपर्ने हुन्छ, त्यसका लागि सिधैं गाडी लैजानका लागि ह्युमपाइप आफ्नाे टिमले किनदिएकाे उनले बताए ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले सवारीसाधन तारेवापत पैसा उठाउन नमिल्ने र याे सिधै कानुनविपरीत भएको उनकाे भनाई छ । पैसा उठाएकाे विषयमा कुनै लिखित उजुरी नआएको आएमा तुरुन्तै कारबाही गरिने प्रजिअ दाहालले बताए ।।