ताजा समाचार

यार्सागुम्बा संकलनकाे मिति अगावै पाटन पुगेका ९२ जना पक्राउ

विष्णुप्रसाद देवकोटा

डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ९२ जनालाई पक्राउ गरि जरिवाना गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

डोल्पामा जेठ १० गते बाट यार्सा संकलन कार्य सुरु गर्ने निर्णय भएपनि लुकिछिपी यार्सा टिप्न पाटन जाँदै गरेका ९२ जनालाई सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीले भेटाएपछि पक्राउ गरि प्रतिब्यक्ति २ हजारका दरले जरिवाना गरेर फिर्ता पठाएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय बरिष्ठ संरक्षण अधिकृत बिश्वबाबु श्रेष्ठले जानकारी गराए ।

अधिकृत श्रेष्ठका अनुसार अनुमतिबिना कोही कसैलाई यार्सा टिप्न पाटनतर्फ जान नदिएको र लुकिछिपी यार्सा टिप्न जाने ब्यक्ति फेला पारेको खण्डमा पक्राउ गरि जरिवाना गर्ने गरेको हाे ।

डोल्पाको डोल्पूबोध गाउँपालिका, छार्काताङसुङ गाउँपालिका, काइके गाउँपालिका, जगदुल्ला गाउँपालिका लगायत क्षेत्रको ३२ स्थानमा पर्याप्त मात्रमा पाइने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

डाेल्पामा यार्सागुम्बा संकलनकाे मिति नखुल्दै अबैध  रुपमा चाेरी गर्न पाटनमा पुगेका दुई जनाकाे मृत्यु भने भइसकेकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!