ताजा समाचार

डोल्पाको त्रिपुराकोटमा स्वास्थ्य शिविर: दुई दिनमा १ हजार चार सय १६ जनाले पाए सेवा 

पुर्ण कुमार/ डोल्पा न्युज 

कार्तिक २४, डोल्पा

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाकाे त्रिपुराकाेट स्वास्थ्य चाैकीमा संचालित दुई दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा १ हजार चार सय १६ जनाको स्वास्थ्य परीक्षण भएकाे छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा त्रिपुरासुन्दरी नगरपालिका डोल्पाको समन्वयमा  दुई दिने शिविरको आयोजना गरिएको थियो।

शिविरमा आँखा, कान, घाँटी, नाक, हाड जोर्नी, लगाएतका विरामीहरुले  स्वास्थ्य  परीक्षण गराएका छन ।

त्रिपुरासुन्दरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले पहिलाे दिनमा ९ सय ४४ जनाकाे स्वास्थ्य परीक्षण भएकाे र शिविरको अन्तिम दिन शनिबार ४ सय ७२ गरी जम्मा १ हजार चार सय १६ जनाले सेवा लिएको बताए।

उनका अनुसार स्वास्थ्य परीक्षण गराएका मध्य सबैभन्दा बढी हाडजोर्नी  तथा नशा सम्बन्धिका विरामी रहेको पाइएको छ।

दुई दिने निशुल्क विषेशज्ञ स्वास्थ्य शिविरको शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, मन्त्रालयका सचिव दीर्घ बहादुर पोख्रेल लगाएतको टोलीले संयुक्त रुपमा शिविरको उद्दघाटन गरेका थिए।

त्रिपुरासुन्दरी नगरपालिका , नेपाल रेडक्रस सोसाइटी, तिलगंगा आँखा अस्पताल, सुर्खेत आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा तथा नेपाल रेडक्रस डोल्पा शाखा दुनै र उपशाखा त्रिपुराकोट डोल्पाको आयोजनामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया आँखा शिविरको समेत संचालन गरिएको थियो।

आँखा शिविरमा ४९ जनाको आखाको शल्यक्रिया समेत गरिएको छ।

कर्णाली प्रदेशका स्वास्थ्य सेवा निर्देशक डाक्टर रविन खड्काकाे नेतृत्वमा डा.सुशीला समदर्शी, डा. संजाेग शिवाकोटी, डा.जागृति खनाल ,डा. गणेश तिवारी,डा.लक्ष्मीनारायण तिवारी र डा. तेजेन्द्र अधिकारी सहितकाेविशेषज्ञ  चिकित्सककाे टाेलिबाट स्वास्थ्य परीक्षणका साथै उपचार समेत गरिएको थियो।

निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा बढीभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिन सकुन भनेर कात्तिक ९ गतेदेखि त्रिपुरासुन्दरी नगरपालिकाका एघार वटै वडामा नगरपालिका स्वास्थ्यकर्मी परिचालन गरि आंखाका विरामीकाे छनाैट तथा अन्य राेगका विरामीकाे लागि शिविरमा आउन सहज हाेस भनि घरदैलोमा पुगेर प्रचारप्रसार समेत गरिएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!