पुर्ण कुमार/ डोल्पा न्युज
कार्तिक १५, डोल्पा
वसन्त उदास र सुष्मिता कुंवरको अभिनय रहेको ‘बुढेसकालको साहारा’ म्युजिक भिडियोको पहिलो पोष्टर सार्वजनिक गरिएको छ।
हिमाली जिल्ला डोल्पाका सुन्दर स्थलहरूमा छायांकन गरिएको सो म्युजिक भिडियोमा चर्चित कलाकारहरुको अभिनय रहेको छ।
नेपालका चर्चित लोक गायक राजु परियार र शान्ति श्री परियारको स्वर रहेको म्युजिक भिडियोमा चर्चित हाँस्य टेलिशृङ्खला सक्कीगोनिमा छोटीको भूमिकामा देखिएकी सुष्मिता कुंवर र नुनको भारी, बैरागी रातो किताब जस्ता चर्चित गीतमा अभिनय गरेका वसन्त उदास, एन्जिला पन्थी, हिमाल घर्ती, कैलाश मगर, कश्मिरा रेग्मी, विकेश बोहोरा, हरी कुलाल लगाएतको अभिनय देख्न सकिने छ।
यस म्युजिक भिडियोलाई वसन्त उदास आफैले निर्देशक गरेका छन्। भने गीतमा शब्द, संगीत समेत उनैको हो। भिडियोलाई छायांकन विजय भण्डारीले गरेका छन् भने सम्पादन मिन रावलले गरेका हुन्।
माता वाला त्रिपुरासुन्दरी मीडिया हबको सहकार्यमा एन्जिला पन्थीको ‘बुढेसकालको साहरा ‘ अब छिट्टै नै युट्युबमा समेत सार्वजनिक गर्ने निर्माण पक्षले जानकारी दिएको छ।