ताजा समाचार

मानविय सेवाका लागि २४ गते कन्सर्ट गर्दै कालपृष्ठ दैनिक

विगत २६ वर्षदेखि नेपालगन्जबाट प्रकाशित कालपृष्ठ दैनिक पत्रिकाले यहिँ कात्तिक २४ गते मानविय सेवाका लागि नेपालगन्जमा सांगेतिक कार्यक्रम गर्ने भएको छ । आयोजक कालपृष्ठ दैनिकले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर नेपाली पप गायन क्षेत्रका लोकप्रिय गायक सुनिल सिंह ठकुरीको उपस्थितिमा ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’कन्र्सट आयोजना गर्न लागेको जनाएको हो ।

कालपृष्ठ दैनिकका संचालक एवम् कन्र्सट निर्देशक कमल खत्रीले पत्रकार सम्मेलनमा पहिलोपटक कालपृष्ठ पत्रिकाले गायक ठकुरीको उपस्थितिमा कन्र्सट आयोजना हुन लागेको बताए । ‘आर्थिक मन्दीले सबै क्षेत्रमा असर परिरहेको बेला नेपालगन्जमा हुन लागेको कन्र्सटले मनोरञ्जनसँगै आर्थिक पक्षमा थोरै भए पनि योगदान गर्नेछ । कालपृष्ठ दैनिकले आयोजना गरेको यस कन्र्सटबाट आम्दानी भएको रकम मानविय सेवामा खर्च गरिनेछ,’ पत्रकार सम्मेलनमा खत्रीले बताए ।कन्र्सटमा सुनिलसँगै करिब एक दशकदेखि नेपालगन्जमा बसेर गीत संगीतका क्षेत्रमा योगदान गरिरहेको ‘आवाज द ब्यान्ड’ र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती देखाउने छन् । नेपालगन्ज बाँकेस्थित यातायात कार्यालय नजिकैको मैदानमा हुने उक्त कन्र्सटमा प्रवेश शुल्क भने निःशुल्क राखिएको खत्रीले बताए । उनले कार्यक्रम स्थिलमा फुड स्टिलसमेत राखिने बताए ।

उक्त कन्र्सटले स्थानीय कलाकारलाई समेत प्रोत्साहन गर्ने बताउँदै खत्रीले ठकुरीसँगै स्थानीय कलाकारले आफ्नो प्रस्तुती प्रदर्शन गर्ने बताए ।

कन्र्र्सटको सोसियल मिडिया पार्टनरका रुपमा नेपालगन्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्रभित्र अनलाइन पोर्टल रहेको छ । कन्र्सट नेपालगन्ज ग्यालरीमार्फत लाइभ देखाइने आयोजकले जनाएको छ ।
हालसम्म कन्र्सट आयोजनाका लागि नेबिको विस्कुट, रकस्ट्रङ सिमेन्ट, पिसफुल स्पा, रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एन्ड बारले सहयोगसमेत गरेको आयोजकले जनाएको छ ।

गायक तथा संगीतकारसमेत रहेका ठकुरीका दुई दर्जनभन्दा बढी गीत सार्वजनिक भई सकेका छन् । हाल जापानमा बस्दै आएका सुनिलको पहिलो एल्बम ‘क्रेजी ह्याट’ हो । पहिलो एल्बममा रहेको ‘भुलीभुली देउ’गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा समेत पर्न सफल भएको थियो ।

सुनिलले गाएका गीतमध्ये ‘घटना घट्यो’, ‘जनताजान्न चाहन्छन्’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’चर्चित छन् । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’चर्चित बनेको थियो । उक्त गीतमार्फत् जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगदसहित पुरस्कृतसमेत गरेको थियो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!