ताजा समाचार

वित्तीय संस्थाका प्रतिनिधिद्वारा जगदुल्ला हाईड्राेपावरकाे स्थलगत निरीक्षण

डाेल्पा,मङ्सिर २८ गते ।डाेल्पामा निर्माणाधीन अर्ध- जलाशययुक्त जलविद्युत  आयाेजनाकाे पुर्णताकाे लागि ऋण प्रवाह गर्ने वित्तीय संस्थाहरुकाे टिमले आयोजनाकाे स्थलगत निरीक्षण गरेकाे छ ।

जगदुल्ला हाइड्रोपावर कम्पनीबाट प्रवर्द्धनमा रहेकाे जगदुल्ला अर्ध-जलाशययुक्त १०६ मेगावाटको जलविद्युत् आयोजनाकाे वित्तीय सुनिश्चितताकाे कार्य अन्तिम चरणमा पुगेकाे अवस्थामा वित्तीय संस्थाहरुका प्रमुख तथा प्रतिनिधिबाट स्थलगत निरीक्षण अवलाेकन भएकाे हाे ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, लक्ष्मी सनराईज बैंक र एभरेस्ट बैंक लिमिटेडका प्रतिनिधिहरुकाे टाेलिले आयोजनाकाे स्थलगत निरीक्षण तथा अवलोकन गरेकाे हाे ।

आयाेजनाकाे निर्माणकार्य शुरु गर्नु पुर्व स्रोत तथा ऋण सुनिश्चितता गर्नाले आआयोजना निर्माणको क्रममा आउने वित्तीय समस्याहरु अबरोधको रुपमा नआउने र आयोजनाकाे  निर्माण कार्य पनि निर्बाध रुपमा अगाडि बढाई समयमै  सम्पन्न गर्न सकिने जगदुल्ला हाइड्रोपावर कम्पनीका सिओ सन्जय सापकोटाले बताए ।

वित्तीय संस्थाहरुकाे तर्फबाट आयाेजनाकाे स्थलगत निरीक्षण कार्य सम्पन्न भएकाले स्थलगत निरीक्षणकाे बिस्तृत रिपोर्ट सम्बन्धित वित्तीय संस्थाहरुलाई बुझाएलगत्तै ऋण प्रवाह गर्ने कन्स्ट्रक्सन टिमसंग ऋण सम्झौता गरिने पनि सिओ सापकोटाले जानकारी दिए ।

आयाेजना निर्माणकार्यमा मन वचन र कर्मले आ आफ्नाे तहबाट सहयाेग पुर्याउने सहयाेगीहरुलाई धन्यवाद समेत सापकोटाले दिए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!