ताजा समाचार

जलनमा परी घाइते दुई बालकलाई थप उपचारकाे लागि काठमाडौ लगियाे

डोल्पाको सुं-सामुदायिक वनमा बिहीबार आगलागीमा परेर घाइते भई जिल्ला अस्पतालमा उपचारत २ बालकलाई थप उपचारकाे लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौ लगिएकाे छ ।
घाइते भएका त्रिपुरासुन्दरी ०४ रंग घर भई कक्षा ४ मा पढ्ने १२ वर्षीय विवस बुढा, र १३ वर्षीय समन्त बुढालाई उपचारको लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरी कृष्ण केसीले जानकारी दिए ।

घाइते बालकहरुलाई बिहीबार नै उद्दार गर्न खोजिएकाे तर खराब मौसमका कारण हेलीकप्टर आउन नसकेकोले उद्दार कार्यमा ढिलो भएको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बताए ।
उनीहरुलाई त्रिपुरासुन्दरी नगरपालिका , जिल्ला समन्वय समिति , जिल्ला प्रशासन कार्यालय सहित कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा उद्दार गरिएको हाे ।

घाइते भएका तीन जना बालक मध्य शुक्रबार  विहान १० वर्षीय सुलस बुढाको उपचारको क्रममा जिल्ला अस्पताल डोल्पामा मृत्यु भइसकेको छ ।
बिहीबार दिउँसो सामुदायिक वनमा गुच्चि च्याउ खोज्न गएको बेला वनमा लागेकाे आगलागि परि उनीहरू घाइते भएका थिए ।
गत सोमबार मात्रै ठुलीभेरी ०४ सदरमुकाम दुनै स्कोथित  मष्टाभवानी सामुदायिक वनमा लागेको आगो निभाउन गएका नेपाली सेनाको देविदत्त गुल्ममा कार्यरत ३ जनाको मृत्यु भएको थियो भने एकजनाकाे क्रितिपुर बर्न हस्पिटलमा उपचार जारी छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!