जाजरकाेटका क्रियाशील पत्रकार रेशम बहादुर खड्कालाई समाचार लेखेकै भरमा ज्यान मार्ने धम्की दिनेलाई पत्रकार महासंघ जाजरकोटले कारवाहीकाे माग गरेकाे छ ।
जाजरकोटवाट प्रकाशित भेरीमालिका दैनिकका कार्यकारी सम्पादक तथा पत्रकार महासंघ जाजरकोटका सदस्य समेत रहेका खड्कालाई छेडागाड नगरपालिका -१२ स्थित नारायणी माबिले पत्रकार खड्काकाे नाम नै किटानी गरि धम्कीपूर्ण भाषा प्रयाेग गरि विज्ञाप्ती प्रकाशित गरेकाे हाे ।
विद्यालयकाे विज्ञाप्तीलाई सामाजिक सन्जाल फेसबुकमा पाेष्ट गर्दै केही ब्यक्तिहरुले गाेलि ठाेकेर मार्ने लगायतका शब्द प्रयाेग गरि धम्की दिएपछि धम्की दिने ब्यक्ति र विद्यालय प्रशासनलाई समेत छानविन गरि कारवाही माग गर्दै पत्रकार महासंघले विज्ञाप्ती प्रकाशित गरेकाे हाे ।
महासंघका सचिव भरतकुमार शर्माद्वारा हस्ताक्षरित जारि विज्ञाप्तीमा कुनैपनि संचारमाध्यममा प्रकाशित समाचारप्रति चित्त नबुझे कानुनी बाटाे खाेज्ने अन्य वाटाे हुदाहुदै पनि ब्यक्तिगत गालीगलाैज र ज्यान मार्ने धम्की प्रति पत्रकार महासंघकाे गम्भीर ध्यानाकर्षण हुनुका साथै घाेर आपत्ति रहेकाेले दाेषि उपर कडाभन्दा कडा कारवाहीकाे माग गरिएकाे छ ।
२०८० चैत १६ गते भेरीमालिका दैनिकमा परीक्षा ब्यवस्थापनकाे नममा विद्यार्थीवाट पैसा असुलि शिर्षकमा समाचार प्रकाशित भएकाे थियाे ।