विष्णुप्रसाद देवकोटा
डाेल्पा,मङ्सिर १५ गते ।खानेपानी याेजनाकाे निर्माण लगायत मर्मत संभार गरि जनतालाई सर्वसुलभ खानेपानीकाे ब्यवस्थापन गर्ने उद्देश्यले हिमाली जिल्ला डाेल्पामा ग्रामीण खानेपानी सेवा सहायता केन्द्र बाेर्डकाे अनावरण गरिएकाे छ ।
ठुलिभेरीनगरपालिकाकाे केन्द्र जुफालमा विशेष कार्यक्रमका साथ खानेपानी मन्त्री प्रदिप यादवले ग्रामीण खानेपानी सेवा सहायता केन्द्र बाेर्डकाे उद्घाटन गर्नु भएकाे हाे ।
सरकारकाे पहिलाे प्राथमिकता कर्णाली रहेकाे उल्लेख गर्दै कर्णालीका जनतालाई ब्यवस्थित खानेपानी उपलब्ध गराउने तर्फ लागिपरिरहेकाे बताउनु भयाे ।
डाेल्पा प्राकृतिक रुपले सुन्दर रहेपनि भाैगाेलिक विकटताका कारण ब्यवस्थित खानेपानी यातायात गुणस्तरीय शिक्षा सुलभ स्वास्थ्य लगायत विद्दुतकाे समस्याले डाेल्पालाई गांजिरहेकाे उल्लेख गर्दै स्वयं डाेल्पा पुगेर समस्याकमे पीडा अनुबाेध भएकाे मन्त्री यादवले बताउनु भयाे ।
आगामी कार्यक्रम तथा बजेट डाेल्पाकाे खानेपानी र ढल विकास हुने गरि यथेष्ट विनियोजन गरिने प्रतिबद्धता जाहेर गर्दै डाेल्पाका ८ वटै स्थानीय तहका वडावडामा भएका समस्याकाे पहिचान र आवश्यकता उल्लेख गरि फागुनकाे पहिलाे साता भित्रमा लिखित रुपमा पठाउन समेत मन्त्री यादवले आग्रह गर्नु भएकाे छ ।
दीगाे खानेपानी तथा सरसफाइ स्वच्छता परियाेजना ( सुस्वा) ले संघीय प्रदेश र स्थानीय गरेर तीनै तहकाे सरकारसंग समन्वय गरेर फिनल्यान्ड सरकार युराेपिन युनियनले डाेल्पामा सन्चालित कार्यक्रम प्रभावकारी र पार्दशि रहेकाेमा सुस्वा र सहयाेगी संस्थाबाट खटिने टिमलाई धन्यवाद समेत ब्यक्त गर्नु भएकाे थियाे ।
खानेपानी मन्त्रालयका सचिव प्रमिला देबि शाक्य बज्राचार्यले भाैगाेलिक विकटता दुर्गमताका कारण याेजना कार्यान्वयनमा समस्या रहेकाे बताउदै परियाेजनाकाे नामबाटै यसकाे सुन्दरता झल्कने उल्लेख गर्नु भयाे ।
आयाेजनाकाे सुन्दरता हुनुमा संघप्रदेश र स्थानीय सरकारका साथै उपभोक्ताकाे समेत सकारात्मक सहयाेग रहेकाे उल्लेख गर्दै डाेल्पाका बहुसंख्यक पालिका अझै सुस्वा परियाेजनाकाे पहुँच बाहिर रहेकाले सबैलाई आगामी कार्यक्रममा समेट्न समेत सुस्वा परियाेजनालाई आग्रह गर्नु भएकाे छ ।
खानेपानी तथा ढल ब्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले सहायता केन्द्र स्थापनासंगै स्थानीय तहमा रहेका पुराना खानेपानी याेजनाकाे मर्मत संभार गर्न र ढल विकासमा सहयाेग पुग्ने उल्लेख गर्नु भयाे ।
सामान्य समस्याकाे पहिचान समेत गर्न नसकेर विकराल खानेपानीको समस्या भाेग्नु नपराेस भनेर स्थानीय सरकारकाे समन्वयमा समस्या पहिचान गर तीनै तहका सरकारकाे सहयाेगमा समस्समाधानमा सहयाेग पुग्ने महानिर्देशक श्रेष्ठको भनाई थियाे ।कार्यक्रमकाे अध्यक्षता गरिरहनु भएका ठुलिभेरीनगरपालिकाका नगरप्रमुख श्ववर्ण बुढाले सुस्वा परियाेजनाकाे कार्यप्रगति विवरण प्रस्तुत गर्दै परियाेजनाकाे प्रभावकारीताका बारे प्रस्ट्याउनु भयाे ।नेपाल जलश्राेतकाे धनी देशकाे रुपमा पहिचान भएपनि डाेल्पाका कतिपय ठाउँमा मुख पखाल्ने पानीकाे समस्या रहेकाे बताउदै नगरप्रमुख बुढाले स्थानीय सरकारले स्थानीय आवश्यकता र मागकाे आधारमा याेजना तर्जुमा तथा पारित गरि पठाउदा पनि प्रदेश र संघीय सरकारले सुनुवाइ गर्ने नगरेकाे दुखेसाे पाेख्नु भयाे ।
प्रदेश सरकारले स्थानीय सरकारकाे सिफारिसमा नभई झ्याल र चाेरबाटाेवाट पसेका निवेदनकाे भरमा याेजना बजेट कार्यक्रम पर्ने गरेकाे उल्लेख गर्दै यस्तै अवस्था रहे प्रदेश सरकार विरुद्ध वुलन्ध आवाज उठाउने अवस्आउन सक्ने चेतावनी समेत नगरप्रमुख बुढाले दिनु भयाे ।
डाेल्पालाई कार्यक्रम बजेट याेजना विनियोजन गर्दा जनसंख्याको आधारमा नभई भुगाेल र विकटताकाे आधारमा कार्यक्रम तथा बजेट हाल्न संघीय र प्रदेश सरकारलाई आग्रह गर्नु भयाे ।
ग्रामीण खानेपानी सेवा सहायता केन्द्र बाेर्ड उद्घाटन कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र राेकाया ठुलिभेरीनगरका उपप्रमुख छिरिङ टाेल्मा महत खानेपानी तथा ढल ब्यवस्था विभागका उपनिर्देशक रामचन्द्र काफ्ले सुस्वा आयाेजनाका राष्ट्रिय परियाेजना संयाेजक सिनियर इन्जिनियर मनिश राज सुस्वा परियाेजनाका प्राविधिक सल्लाहकार प्रमुख मारिओ मिलाइन्सी सुस्वा परियाेजना विज्ञ गाेविन्द राज राेकाया वडाहध्यक्ष मनराम ठकुल्ला र ठुलिभेरीका प्रमुख प्रशासकीय अधिकृत सन्ताेष खड्का लगायतकाे उपस्थिति रहेकाे थियाे ।मन्त्री यादव सहितकाे सुस्वा परियाेजनाकाे टिमले ठुलिभेरीनगरपालिका-७ जुफालमा निर्मित शौचालयको स्थलगत निरीक्षण तथा अवलोकन समेत गरिएकाे थियाे ।