ताजा समाचार

डोल्पाजिल्ला अस्पतालमा नि:शुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने

विष्णुप्रसाद देवकोटा

डोल्पा – डोल्पा जिल्लामा महिलाहरूको स्वास्थ्य प्रवर्द्धन तथा रोग परीक्षणका लागि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। स्वास्थ्य सेवा कार्यालय डोल्पा, जन स्वास्थ्य सरोकार ट्रस्ट (phect), नेपाल र ठुलीभेरी नगरपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिन लागेको हो।

शिविर डोल्पा जिल्ला अस्पतालमा २०८२ असार १ र ३ गतेसम्म सञ्चालन हुनेछ। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने यस शिविरमा विशेष दक्षता प्राप्त चिकित्सकहरूद्वारा विभिन्न महिला स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरिने  अस्पतालका डाकसिजन रावलले जानकारी दिनु भयाे।

शिविरमा प्रदान गरिने सेवा:

महिला स्वास्थ्यसम्बन्धी सामान्य स्वास्थ्य परीक्षण

स्त्री रोग परीक्षण

पाठेघरको मुखको क्यान्सर परीक्षण

स्तन क्यान्सरको परीक्षण तथा जनचेतना कार्यक्रम स्वास्थ्य परीक्षण गराउन चाहने महिलाहरूले तोकिएको मितिमा शिविरमा उपस्थित भई नि:शुल्क सेवा लिन सक्नेछन्।

तपाईको प्रतिक्रिया