डाेल्पाकाे ठुलिभेरीनगरपालिकाले स्थानीय पथप्रर्दशक(गाईड)मार्फत पर्यटन प्रवर्द्धन गर्न थालेकाे छ ।
प्राकृति सम्पदाहरुकाे संग्राहलयकाे रुपमा रहेकाे हिमाली जिल्ला डाेल्पा स्वदेशी तथा विदेशी पाहुनाकाे लागि राम्राे गन्तब्यकाे रुपमा मानिन्छ ।
वर्षनी डाेल्पा आउने पर्यटकहरुकाे असल पथप्रर्दशक (गाईड)बनेर स्थानीय युवाहरुले राम्राे आर्थिकपार्जन गर्न सकुन भनेर तीन दिने पर्यटक पथप्रर्दशक तालिम आयाेजना गरिएकाे नगरपालिकाले जनाएकाे छ ।
ठुलिभेरीनगर क्षेत्रमा रहेका बेराेजगार युवाहरुलाई स्वराेजगार तर्फ उन्मुख गराउने उद्देश्यले नगरप्रमुख संवरण बुढाकाे पहलमा नगरपालिकाले तालिमकाे आयाेजना गरेकाे नगरसचिवालय सचिव रेखामान बुढाले जानकारी दिए ।
पथप्रदर्शक र भरियाहरुकाे लागि ज्ञान लिन २४ भन्दा बढि स्थानीय युवाहरु सहभागी छन ।जिल्ला बाहिरवाट विदेशी पाहुनाहरुसंगै आउने गाईड र भरियामा कमि ल्याई स्थानीय जनशक्तिको प्रयाेगबाट पर्यटन प्रवर्द्धन गर्नु पनि नगरकाे लक्ष्य रहेकाे सचिवालय सदस्य बुढाले बताए ।
दिन सम्म संचालन हुने तालिममा सहभागी स्थानीय युवाहरुले पर्यटन प्रवर्द्धनमा सहयाेग पुर्याउने अपेक्षा नगरपालिकाले गरेकाे छ ।