डाेल्पा ,फागुन ६ गते । डाेल्पाली कृषक तथा उद्याेगीहरुले उत्पादन गरेका स्थानीय उत्पादनहरुकाे बजारीकरण र प्राेत्साहनका लागि आैधाेगिक ब्यापार मेला २०८० काे आयाेजना गरिएकाे छ ।
डाेल्पाकाे सदरमुकाम दुनै बजारमा औधाेगिक प्रदर्शनी मेला २०८० सुरु भएकाे हाे। उधाेग तथा उपभोक्ता हित संरक्षण कार्यालय डाेल्पाकाे आयाेजनामा जिल्लास्तरीय दुई दिने औधाेगिक प्रदर्शनी प्रतियोगिता मेला शुरु भएकाे हाे ।
प्रदर्शनी मेला फागुन ६ र ७ गते जिल्ला समन्वय समितिकाे मैदानमा संचालन भएकाे छ ।
दुई दिन सम्म चल्ने औधाेगिक पर्दशनी प्रतियोगिता मेलामा जिल्लाका मुड्केचेला, जगदुल्ला,त्रिपुरासुन्दरी, ठुलीभेरीका विभिन्न गाउँहरुबाट व्यवसायीहरुले सहभागीता जनाएका छन।
उधाेग तथा उपभोक्ता हित संरक्षण कार्यालय डाेल्पामा प्रदर्शनीकाे लागि जिल्लाका विभिन्न २९ वटा उधाेग फर्म ले स्टल दर्ता गराएता पनि २१ जना उधाेगी ब्यबसायीले स्टलमा सामाग्री प्रदर्शन गरेर प्रतियोगितामा सहभागी जनाएको उधाेग तथा उपभोक्ता हित संरक्षण कार्यालय डाेल्पाका प्रमुख सत्या बहादुर भण्डारीले बताए । सहभागी उधाेगीलाई दुई दिन सम्म खाना बस्न व्यवस्था समेत गरेकाे भण्डारीले बताए ।
भण्डारीका अनुसार मुल्यांकन समितिकाे तर्फबाट ६० प्रतिशत र अवलोकन तर्फकाे मुल्यांकनबाट ४० प्रतिशत नम्बरको अधारमा प्रथम, द्वितीय र तृतीय उधाेग छनाैट गरिने र पुरस्कार वितरण गरिने छ।
उधाेग प्रदर्शनी मेलामा अवलोकन गर्न पुगेका विभिन्न व्यक्तिहरुले उत्पादित सामानहरु किनमेल गरेका थिए । आज पहिलाे दिन स्टलबाट साढे एक लाख बराबरको सामान बिक्री भएकाे हिमाली शिलाजित तथा हर्बल उधाेगका संचालक भक्त बहादुर थापाले बताए ।