ताजा समाचार

डाेल्पा फाेक्सुण्डो यातायात प्रालिको कार्यालय र टिकट काउन्टर उद्घाटन

डोल्पा,कार्तिक २३ गते ।डोल्पा फोक्सुण्डो यातायात प्रालिको कार्यालय र टिकट काउन्टरको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायले प्रालिको कार्यालय र ठूलिभेरी नगरका प्रमुख श्ववर्ण बुढाले टिकट काउन्टरको विशेष कार्यक्रमका बिच उद्घाटन गरेका हुन ।

प्रालिको कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका रोकायले कार्यालय उद्घाटनसंगै यातायात प्रालि विधिवत रुपमा अगाडि बढेकोमा खुशि ब्यक्त गरे ।कुनै पनि ब्यवसाय मुनाफाकेन्द्रित हुने तर मुनाफा कमाउनु छ भन्दैमा मानवीयता समेत विर्सेर सेवाको नाममा ब्रहमलुट गर्न नहुने उल्लेख गर्दै स्थानीय सरकार र यातायात ब्यवसायी बसेर सवारी साधनको भाडादरमा एकरुपता ल्याउनु पर्नेमा समन्वय प्रमुख रोकायले जोड दिए ।

त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ्घ देखि तल जाँदा त्रिवेणी देखि रुकुम पश्चिमको छहरेबगर सम्म सरकार नै नभएको जस्तो गरी यातायात ब्यवसायीले मनपरी यात्रुहरुलाई लुटिरहेकाले टार्फिकको त्यस तर्फ ध्यायन पुग्नु बताउदै तिहारपछि डोल्पामा नै भेरिकरिडोरको कार्यालय सदरमुकाम दुनैमा बसेपछि सडकको स्तरबृद्दिमा सहयोग पुग्ने पनि प्रमुख रोकायले बताए ।कार्यक्रमका अतिथि ठूलिभेरीनगरका नगरप्रमुख श्ववर्ण बुढाले यातायात ब्यवसायीको मनपरि तन्त्रले यात्रुहरुले धेरै सास्ती भोग्नु परेको उल्लेख गर्दै डोल्पाका धेरै ठाउँमा सडकको पहुँ पुगिसकेकाले रुटपरमिट तय गरेर सडक दुरिको आधारमा भाडादर कायम गरि यातायात संचालन गर्न यातायात ब्यवसायीलाई आग्रह गरे ।नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले यात्रामा सबैभन्दा पहिलो कुरा सुरक्षा भएको बताए ।अस्तित्व झल्कने गरी यातायातलाई स्थापित गरी मानवीय र जनप्रिय सेवामा लाग्नु पर्ने फाईदा मात्र नहेरी जनउत्तरदायि बहन समेत गर्न यातायात ब्यवसायीलाई सुझाए ।

जिल्ला टार्फिक कार्यालयका निमित्त प्रमुख विमान तामाङ्घले टार्फिकले बढी भन्दा बढी सडक तथा यात्रु सुरक्षामा ध्यान दिएर सुरक्षा चेकजाँचमा कडाई गरिरहेको उल्लेख गर्दै सुरक्षाचेकजाँचको क्रममा टार्फिक नियम बाहिर गएर सवारी संचालन गर्नेहरुलाई कारवाही गर्ने क्रममा अनावश्यक दवाव नदिन आग्रह गरे ।डोल्पा फोक्सुण्डो यातायात प्रालिका अध्यक्ष बिशाल रोकायाले सदरमुकाममा गाडि पार्किङको समस्या रहेकोले कालिका मन्दिरभन्दा अगाडि गाडी पार्किङलाई बन्द गर्नु पर्ने बताए ।ठूलिभेरीनगरपालिका अन्र्तगत पर्ने काँडाताली सम्म यातायात संचालन गर्नका लागि केहि नितिगत तथा ब्यवहारिक समस्या भएपनि माझफालमा नै सब काउन्टर राखेर यातायात संचालन गर्ने निर्णय भएको तर पेटाेलको मुल्य आकासिएकाले स्थानीय सरकार र ब्यवसायी बसेर भाडादर निर्धारण गर्नु पर्नेमा जोड दिए ।

यसै गरी कतिपय स्थानमा यातायात प्रालिको चलानी बिनानै सवारी साधन चलिरहेको पाइएकाले त्यस तर्फ टार्फिकले ध्यान दिन अनुरोध समेत प्रालिका अध्यक्ष बिशाल रोकायाले बगरे ।कार्यालय तथा टिकट काउन्टर उद्घाटन कार्यक्रममा ठूलिभेरीका वडाअध्यक्ष तेजेन्द्र रोकाय र भक्तबहादुर भण्डारी सहित सम्बद्द अधिकारीको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!