ताजा समाचार

कर्णालीमा पनि मनाए मुस्लिम धर्मावलम्बीले मोहम्मद जयन्ती !

पुर्ण कुमार/डोल्पा न्युज 

भाद्र ३१, सुर्खेत 

इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मदको जन्मजयन्ती मुस्लिम समुदायले हर्सोहुल्लासका साथ देशभर मनाएका छन् । मोहम्मद डे अर्थात मोहम्मद जयन्तीलाई ईद उल मिलान नबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ ।

मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ, हजरत मोहम्मदका उपदेश स्मरण, सामूहिक भोजन तथा एकअर्कामा शुभकामना साटासाट गरेर मोहम्मद जयन्ती मनाएका हुन् ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत १४९९औं मा भएको थियो । उनको रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट सन् ५७० मा जन्म भएको थियो । उनको निधन भने ६३२ जुन ८ मा ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।

साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका प्रचार संस्थापक हुन् । मोहम्मद जयन्तीको अवसरमा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको विभिन्न ठाउँबाट मुस्लिम समुदायले जुलुस निकालेका थिए । उक्त जुलुस वीरेन्द्र चोक देखि सुरु गरिएको थियो।

 

मोहम्मद दिवसको अवसरमा सरकारले आज मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ भने मधेश प्रदेश सरकारले पनि सार्वजनिक बिदा दिएको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!