ताजा समाचार

निकुन्जले अतिक्रमित सार्वजनिक जग्गाकाे नियन्त्रण र ब्यवस्थापन गरि करकाे दायरामा ल्याउने

विष्णुप्रसाद देवकोटा

शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज कार्यालय सुलगाड डाेल्पाले अतिक्रमित जग्गाको नियन्त्रण र ब्यवस्थापन गरि करकाे दायरा ल्याउने भएकाे छ ।

शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज कार्यालय डाेल्पाकाे आयाेजनामा त्रिपुरासुन्दरी नगरपालिकामा सराेकारवासंग गरिएकाे छलफल तथा अन्तरक्रिया कार्यक्रममा अतिक्रमणमा परेकाे जग्गालाई नियन्त्रण र ब्यवस्थापन गरेर करकाे दायरामा ल्याइने जानकारी निकुन्जले दिएकाे हाे ।

निकुञ्ज वन क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी नगरपालिकाकाे बलाङग्रा (चाैरीफाराम)पातिहाल्ना र त्रिपुराकाेट बजार क्षेत्रमा जथाभावी सार्वजनिक जग्गा अतिक्रमण भईरहेकाे बेनामी उजुरी निकुन्जमा परेपछि नियन्त्रण ब्यवस्थापन सहित करकाे दायरामा ल्याउने गरि पहल भईरहेकाे निकुन्जले जनाएकाे छ ।

त्रिपुरासुन्दरी नपालिकाका वडाअध्यक्ष विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि मध्यवर्ती बन ब्यवस्थापन समितिका अध्यक्ष त्रिपुरासुन्दरी अन्तर्गतका मध्यवर्ती उपभाेक्ता समितिका पदाधिकारी जानमान र संचारकर्मीकाे बाग्लाे उपस्थिति रहेकाे थियाे ।अन्तरक्रिया कार्यक्रममा डाेल्पा जुम्ला सडक मार्गका विभिन्न स्थानमा अस्थायी बसाेबास गरि हाेटल ब्यसाय गरि बसेकालाई बार्ता र सम्वादकाे प्रकृयाबाट करकाे दायरामा ल्याई बन वन्यजन्तुलाई असर नपर्ने गरि बसाेबास गर्न दिनु पर्नेमा जाेड दिए ।

यसै गरि त्रिपुरासुन्दरी नगरपालिका केन्द्र तलि सिम देखि बगर हुँदै नगरपालिका केन्द्र सम्मकाे क्षेत्रमा सनर्वजनिक जगा पहिचान गरि अतिक्रमणको प्रकृति हेरी नियन्त्रण ब्यवस्थापन र करकाे दायरामा ल्याउनु पर्ने कानुनी प्रकृया पुर्याई जग्गा नापजाँचकाे क्रममा विवाद भई नापी छुट भएकाहरुकाे लागि लामाे समयसम्म भाेगाधिकार गरिरहेकालाई कानुनी रुपमा मान्यता दिनकाे लागि आबश्यक पहल गरिनु पर्नेमा सहभागीले सुझाएका थिए ।

निकुञ्जका बरिस्ठ संरक्षण अधिकृत बिश्वबाबू श्रेष्ठले अतिक्रमणमा परेकाे सार्वजनिक जग्गा नियन्त्रण र ब्यवस्थापनमा स्पष्ट कानुनी ब्यवस्था नभएकाले संरक्षण सम्बवर्दनमा समस्या देखिनुका साथै नियमनमा चुनाैति देखिएकाे बताउनु भयाे ।

निकुञ्जको उद्देश्य जनतालाई दुख दिन र कर मात्र उठाउनकाे लागि नभई बन बन्यजन्तु र पर्यावरणीय क्षेत्रकाे संरक्षणका साथै स्थानीय जनताकाे सुखदुखमा साथ दिनु पनि रहेकाे उल्लेख गर्दै जनतालाई पनि असर नपर्ने करकाे दायरामा पनि आउने र संरक्षणकाे काममा पनि अवराेध नहुने गरि सबैकाे जित हुने गरि निकुन्जले स्थानीय तहसंग मिलेर समन्वय र सहकार्य गरि अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र राेकायाले नगरले पनि अमिन सहितकाे सार्वजनिक जग्गा पहिचान टाेलि बनाएर अतिक्रमित जग्गालाई नगरकाे स्वामित्वमा लिने गरि नगरसभाले समेत नीति तथा कार्यक्रममा समाबेश गरेकाे बताउनु भयाे ।

नगरले पनि प्रकृयागत रुपमा नापजाँच छुटेका सदियाै बर्षाैदेखि भाेगचलन गर्दै आएका स्थानीय जनतालाई जग्गाको स्वानित्व दिलाउने प्रकृयामा सहजिकरण गरि वाझाे प्रतिवाझाे जमिनलाई भने नगरकाे स्वामित्वमा लिइने गरि काम थालनि भएकाे जानकारी दिनु भयाे ।

शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज मध्यवर्ती ब्यवस्थापन समिति(काउन्सिल )का अध्यक्ष गणेश राेकायाले शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज भित्र पर्ने त्रिपुरासुन्दरी नगरपालिका पर्यटकीय महत्वले भरिपुर्ण प्राकृतिक  तथा सांस्कृतिक सम्पदाहरु समेत भएकाले हाेटल ब्यवसाय गरि जीवनगुजरा तलाई पर्यटककाे समेत सेवा गर्ने र बाटाेमा हिड्ने बटुवाहरुलाई समेत खाना खान र बासबस्न सुविधा भएकाले स्थानीय जनतालाई  पनि मर्का नपर्ने निकुञ्जकाे मुल्यमान्यता कायम रहने गरि जनता र निकुञ्जको हितमा हुने गरि ब्यवस्थापन गर्नु पर्ने बताउनु भयाे ।

कार्यक्रममा नगरउपप्रमुख देबि घर्ती निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धराला सुरक्षाकर्मी काे सहभागीता रहेकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!