डोल्पा,कार्तिक १६ गते ।महोउत्सब उद्घाटन सत्रमा दर्शकहरुको खासै उत्साहजनक उपस्थिती थिएन ।आयोजकले अपेक्षा गरेको भन्दा बढी दर्शकहरुले महोउत्सव स्थल भरिन थालेपछि बालात्रिपुरासुन्दरी सांस्कृतिक महोउत्सव २०८० तेस्रो मेयरकप खुल्ला भलिबलतथा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो दिन भने आयोजक त्रिपुरासुन्दरी नगरपालिका उत्साहित भएको छ ।कारण थियो मोडल तथा गायकहरुको दमदार साङंगितिक प्रस्तुती ।जब महोउत्सव स्टेज(मन्च)मा गुलाबी रंङ्घको साडीमा चिटिक्क परेकी मोडल रमिता गुरुङ्घ नै दोस्रो दिन दर्शकहरुको आर्कषणको केन्द्र बनेकी थिइन ।
संचालक शान्तराम सन्चुरीको कमाण्डिङ्घ र मिठो आवाजले दर्शकहरु आर्कषणको थप कारण बनेकोे थियो ।अरेली काडैले च्वास्स च्वास्स भन्ने बोलको गीतमा जब मोडल गुरुङ्घको नृत्य शुरु भयो ।तब महोउत्सबस्थल सांङगितिकमय बन्यो ।मन्चमा अतिथि दिर्घामा बसेका प्रमुख अतिथि देखि के बालक के युवा के युवती सबैजना छमछमी नाचेका थिए ।
यसै गरी गायक भागीरथ चलाउने उद्घोषक शान्ताराम सेन्चुरी,मोडल गुरुङ् र तिला रोकाय बीचको रोमान्चिक दोहोरीले सांङगितिक माहोललाई थप तताएको थियो ।स्थानीय मोडल बसन्त उदास लगायतका कलाकारले बेजोडका साथ आफ्नो कला प्रस्तुत गरेका थिए ।यसै गरी वडा नम्बर ३ वाट पैसरीनाच र वडानम्बर १ करेलीकाँडावाट लामा नृत्य समेत प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय कलाकार समिक्षा अधिकारी र पुस्कर शर्मा लगायतका कलाकारको बेजोड प्रस्तुती बाँकी रहेकालेृ महोउत्सव अवलोकन गर्न आउने दर्शहरुको संख्या दिनप्रतिदिन बढ्दै जाने सास्कृतिक उपसंयोजक रामचन्द्र कुलालले बताए ।