विष्णुप्रसाद देवकोटा
डाेल्पा,पुस १७ गते ।त्रिपुरासुन्दरी नगरपालिका -६ फुल्चिङकाे एक घरमा प्रेसर कुकर विस्फोट हुंदा एकैघरका आमा छाेरी घाइते भएका छन ।मंगलवार सांझ खाना ( भात) पकाई रहेकाे प्रेसर कुकर विस्फोट हुंदा ४५ वर्षिया आमा गुनी राेकाया र ११ वर्षीया छाेरी अनु राेकाया घाइते हुनु भएकाे हाे ।
जिल्ला अस्पताल डाेल्पाका नेत्र सहायक अमृत कठायतले कुकर विस्फाेटवाट घाइते हुनु भएकी गुनी राेकायाकाे बायाँ आंखाकाे नानी पुरै जलेकाे र दायाँ आंखाकाे नानीमा घाउ भएकाले उपचार सम्भव नभएपछि नेपालगन्जस्थित फुल्टेक्रा आँखा अस्पतालमा रिफर गरि सकिएकाे बताउनु भयाे ।
यसैगरी विस्फोटबाटै घाइते ११ वर्षीया अनु राेकायाकाे आंखामा सामान्य जलन भएकाे र निधारमा समेत साकान्य चाेट लागेकाेमा जिल्ला अस्पतालमै उपचार पछि अवस्था सामान्य रहेकाे छ ।सदरमुकाम दुनैदेखि ३५ किलाेमिटरकाे दुरीमा रहेकाे फुल्चिङ गाउँवाट साझकाे ५ बजेतिर विस्फोट भएकाेमा एम्बुलेन्सकाे ब्यवस्थापन गर्दै समय बितेपछि राती ११ बजे मात्र घाइतेहरूलाई मंगलवार जिल्ला अस्पतालमा लगिएकाे थियाे ।