ताजा समाचार

कांग्रेस एमाले बीच भएकाे सहमतिका बुधा सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीले  काँग्रेससँग भएको सात बुँदे सहमति वाचन गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेससँग भएको सहमतिबारे जानकारी गराएका हुन् ।

राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्यक संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना गर्ने बताए ।

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारको दुई वर्ष ओली र त्यसपछि चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने, राष्ट्रिय हितको रक्षा गर्न र भ्रष्टाचारको अन्त्य गरी सुशासन दिन न्यूनतम साझा कार्यक्रम तय गरी सरकार सञ्चालन गर्ने, राष्ट्रिय सहमतिको सरकारको लागि दुई ठूला दलको नेतृत्वदायी भूमिकाको आधारमा सरकारमा समान भूमिका रहने र अन्य दललाई पनि सहभागी गराउने, राष्ट्रिय सहमतिको सरकार गठनको भावना अनुरूप प्रदेश सरकार गठन र सञ्चालन गर्ने विषय समेटिएको बताए ।उनले सबै कुरा बाहिर आइरहेकाले लुकाउनुपर्ने कुरा केही नभएको बताए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!