काठमाडौँ, पुस ६ गते । अमेरिकी ब्याट्सम्यान लाहिरु मिलान्थाले अर्धसतकीय पारी खेलेपनि नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्टसले जितेको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम बोल्ट्सलाई पाँच विकेटले हरायो । जितसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ सुनिश्चित गरेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपियाँमा चित्त बुझाएको छ । जितका लागि ए कसय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि सर्वाधिक ८७ रन बनाउनुभयो । कप्तान आरिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाउनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि सईफ जैवले अर्धशतकीय इनिङ्स खेल्नुभयो । जैवले ६९ रन बनाउनुभयो । उहाँले ४३ बला आठ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । विनोद भण्डारीले ४१ रन बनाउनुभयो ।
उहाँले ३१ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । पहिलो विकेटका लागि जैव र भण्डारीले एक सय १७ रनको साझेदारी गर्नुभएको थियो ।
यस्तै हर्मित सिंह र ब्रान्डन म्याकमुलनले १४र१४, स्कट कुग्लेजिनले १३, कप्तान दीपेन्द्रसिंह ऐरीले नौ, नरेश बुढाऐरले आठ र इशान पाण्डेले ६ रन नाउनुभयो ।
बलिङमा जनकपुरका मोहमद मोसिन र किशोर महतोले तीन तीन विकेट लिनुभयो । यस्तै ललित राजवंशी र जेम्स निसमले एक एक विकेट लिनुभयो ।
जनकपुरले सुदूरपश्चिमसँग यसअघि दुई खेलमा हारेको बदला समेत लिएको छ । यसअघि जनकपुर सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा आठ विकेटले पराजित भएको थियो ।