डाेल्पान्यूज डेक्स
डोल्पा । कर्णाली प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय डोल्पाको आयोजनामा शे–फोक्सुण्डो गाउँपालिका–८ सल्लाघारीमा ६२ मिटर लम्बाइको झुलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।
उक्त पुलले रुप्ताङ र सल्लाघारीलाई जोडेको छ। पुल निर्माणसँगै अब फाेक्सुण्डो ताल, शे गुम्बा लगायत माथिल्लो डोल्पा जाने यात्रुहरू—स्थानिय बासिन्दादेखि आन्तरिक तथा बाह्य पर्यटकसम्मका लागि आवत–जावतमा सहजता भएको स्थानीयले बताएका छन्।
पुलबाट कान्जिरवा हिमालका केही भागहरूको दृश्यावलोकनसमेत गर्न सकिने भएकाले यो स्थान थप आकर्षक बनेको छ। स्थानीय पर्यटन प्रवर्द्धनमा समेत यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
📸 तस्बिर : प्रकाश बुढा 📰

डोल्पा न्यूज । २८ असार २०८२, शनिबार ०५:५३