ताजा समाचार

नेपाली काँग्रेस प्रदेश (ख) डोल्पाको घरदैलो अभियानमा कार्यकर्ता उत्साहित

डोल्पा,पुष ५ गते ।नेपाली काँग्रेस डोल्पा कर्णाली प्रदेश निर्वाचन क्षेत्र (ख) कार्यसमितिले त्रिपुरासुन्दरी नगरपालिकामा कार्यकर्ता घरदैलो अभियान संचालन गरेको छ ।

गएको मङ्सिर २७ गतेबाट संचालित घरदैलोबाट नेपाली काँग्रेसका कार्यकर्ता उत्साहित बनेका छन ।कार्यकर्ता एकता तथा पार्टी सुदृढीकरण अभियानको नाम दिइएको घरदैलो अभियानले स्थानीय तह प्रदेश तथा संघीय निर्वाचनमा पार्टी नेतृत्व र कार्यकर्ताहरुबीच भए गरेका तिक्तता र असन्तुष्टीलाई हटाई पार्टी सुदृढीकरण र कार्यकर्ता एकतामा सहयोग पुग्ने बताइएको छ ।

स्थानीय तह निर्वाचन हुदै प्रदेश र संघीय निर्वाचन यता प्रदेश, नगर नेतृत्व, स्थानीय निर्वाचनमा पराजय ब्यहोरेका उम्मेदवार लगायत अगुवा कार्यकर्ताबीच पार्टी केन्द्रित आत्म समिक्षा भएको थिएन ।

जसका कारण पार्टी नेतृत्व बेवारिस बन्दा कार्यकर्ता छाडा भएका थिए ।गएको विभिन्न तहका निर्वाचन,पार्टी गठबन्धन लगायत स्थानीय सरकारवाट प्राप्त सेवासुविधा विकास निर्माणमा काँग्रेसी कार्यकर्ताको सम्मानजनक सहभागिता लगायतका विषयमा समेत घरदैलो अभियानमा विचार विमर्श गरिने गरिएको नेपाली काँग्रेसले जनाएको छ ।

नेपाली काँग्रेस डोल्पा कर्णाली प्रदेश निर्वाचन क्षेत्र (ख) कार्यसमितिका सभापति मोतिप्रसाद उपाध्यायले पछिल्लो चरणमा काग्रेसी कार्यकर्तामा आएको विचलनलाई रोक्न पार्टी सुदृढीकरण गर्न र कार्यकर्ता एकता गर्ने उद्ेश्यले कार्यकर्ता घरदैलो अभियान संचालन गरिएको बताए ।

अभियानको क्रममा अन्य पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गराउने भन्दा पनि आन्तरिक पार्टी सुदृढीकरण कार्यकर्ता एकता प्रमुख एजेण्डा अभियानले बोकेको उनको भनाई छ ।

त्रिपुरासुन्दरी नगरपालिकाका १,२,७,८,९ १० र ११ वडाका काँग्रेसी कार्यकर्ताको घर घरदैलोमा अभियान सम्पन्न गरेर बाँकी ४ ओटा वडामा अभियान जारि रहेको बताइएको छ ।

गएको स्थानीय तह निर्वाचनमा त्रिपुरासुन्दरी नगरपालिकामा झिनो मतले पराजय भोगेका मेयरका उम्मेदवार चन्द्रलाल धरालाले नेपाली काँग्रेसका कार्यर्ता र क्रियासिल सदस्य मात्रै इमानदार लगनसिल र एकताबद्द भएमा आगामी निर्वाचनमा त्रिपुरासुन्दरी नगरपालिकाको नेतृत्वमा विजय सुनिश्चित रहेको बताए ।

पार्टी कार्यकर्ता भित्रबाटै गुटउपगुट संचालन गरेर घात प्रतिघातलृ गर्दा काँग्रेसले पराजय भोग्नु परेको उनको भनाई थियो ।नेपाल तरुणदलका केन्द्रिय सदस्य जयनन्द (जयस)उपाध्यायले विगतमा कसको के गल्ती भयो भन्ने तीर नगएर गुटउपगुटलाई सदाको लागि अन्त्य गरेर सबैजना एक ढिक्का भएर हिड्नु नै त्रिपुरासुन्दरी नगरपालिकामा पार्टी,कार्यर्ता र नेतृत्वको लागि हितमा हुने बताए ।

आफुले टिकट पाउँदा ठिक नपाउदा बेठिक आफुले टिकट पाए जित्ने नपाए उम्मेदवारलाई हराउने गद्दारी नियत भएका कार्यकर्तावाट पार्टीले धोका ब्यहोरने गरेको उनको भनाई थियो ।

त्रिपुरासुन्दरी नगरपालिकाका लिकु मुहु चुँ पहाडा त्रिपुराकोट र रुम गाउँलाई वडा प्रतिनिधित्व हुने गरी कार्यकर्ता एकता घरदैलो अभियान सम्पन्न गरी अभियान टोली वडा नम्बर ५ ल्हाँ र फुल्चिङ्ग तर्फ लागेको काँग्रेसले जनाएको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!