ताजा समाचार

डाेल्पाे क्याम्पसकाे किर्ते सभाका खलनायक धनन्जयलाई ७२ घन्टे स्पष्टीकरण,

विष्णुप्रसाद देवकोटा

डोल्पा,माघ १८ गते डाेल्पाे क्याम्पस डाेल्पाकाे किर्ते सभा काण्ड प्रकरणमा  क्याम्पस प्रमुख धनन्जय सुवेदी लाई ७२ घण्टे स्पष्टीकरण साेधिएकाे छ ।

क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष याेगेन्द्र बहादुर शाहीकाे अध्यक्षतामा माघ १८ गते बसेकाे संचालक समितिकाे बैठकले क्याम्पस प्रमुख सुवेदीलाई ७२ घण्टा भित्र हाजिर भएर किर्ते सभाकाे बास्तविकता सार्वजनिक गर्न   भनिएकाे छ ।

क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरुको किर्ते गरेर गत पुस ५ गते क्याम्पस सभा भएकाे निर्णय सार्वजनिक भएकाे थियाे ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बहादुर शाही,सदस्य लालिमान बुढा,बिष्णुलाल बुढा,सहितका अन्य सदस्यहरुको  हस्ताक्षर किर्ते गरेर वार्षिक सभा भएको दावि गरेपछि  विवादले उग्ररुप लिएकाे छ ।

क्याम्पस प्रमुख सुवेदीकाे संलग्नतामा क्याम्पसकाे किर्ते सभा गरेकाे रहस्य खुलेपछि चाैतर्फिरुपमा विराेधले उग्ररुप लन थालेपछि क्याम्पस स्थापनाकाल देखिका ब्यवस्थापन समितिका अध्यक्ष याेगेन्द्र बहादुर शाही काठमाडौंबाट डाेल्पा पुगेर संचालक समितिकाे बैठक बसालेर प्रमुख सुवेदीलाई स्पष्टीकरण साेधिएकाे हाे ।

क्याम्पस जस्ताे पवित्र शिक्षाकाे मन्दिरमा गरिएकाे नियम विपरितकाे हर्कतमा क्याम्पस प्रमुखकाे स्पष्टीकरण पछि के हुन्छ ? किर्ते काण्डमा काे काे संलग्न छन भन्ने रहस्य पनि बिस्तारै खुल्ने क्याम्पसलाई जनिकबाट नियालिरहेका जानकारहरुकाे बुझाई छ ।

यस्तै क्याम्पस प्रमुखलाई हाजिर हुने सहितकाे स्पष्टीकरण साेधेपछि क्याम्पस सुवेदीलाई सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन यद्यपि उनी काठमाडाैवाट उनि डाेल्पा  आउने तयारी भने  रहेकाे स्राेतले बताएको छ।

४३ जनाकाे उपस्थिति रहेकाे भनिएकाे गत पुस ५ गते सम्पन्न गरिएकाे भनिएकाे किर्ते डाेल्पाे क्याम्पस सभामा दुई वटा निर्णय गरिएकाे बताइएकाे छ ।

पहिलो निर्णयमा “डोल्पो क्याम्पसबाट तयार पारी क्याम्पस व्यवस्थापन समितिबाट पारित वार्षिक प्रतिवेदनलाई डोल्पो क्याम्पस सभाबाट पारित गर्ने निर्णय गरियो”भन्ने छ।

यस्तै गरि दोस्रो निर्णयमा डोल्पो क्याम्पसको आव ०८०/०८१ को कार्ययोजनालाई कार्यन्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गरि कार्ययोजनालाई सफलतापुर्वक कार्यन्वयन गरि लागु गर्ने भनी  डोल्पो क्याम्पस सभाबाट पारित गर्ने निर्णय गरियो”  भन्ने उल्लेख छ।

डाेल्पाे क्याम्पस डाेल्पाकाे किर्ते  सभा गर्नलाई के क्याम्पस प्रमुख सुवेदीलाई एकल दुस्साहस गर्ने हिक्मत कताबाट आयाे ?प्रमुख सुवेदीले सभा गरेकै हुन भने क्याम्पस संचालक समितिका अध्यक्षकाे जानकारी विना याे गलत हर्कत गर्न सम्भव छ ?

भलै क्याम्पस संचालक समितिका अध्यक्ष शाहीकाे अध्यक्षतामा किर्ते सभा प्रति अनविज्ञता जनाउदै क्याम्पस प्रमुखलाई मात्र दाेषि देखाएर स्पष्टीकरण साेधेर मात्र क्याम्पस भित्रकाे वेथितिकाे अन्त्य हुन सक्दैन ।

२०६१ सालमा स्थापना भएकाे डाेल्पाे क्याम्पस संचालक समितिकाे नेतृत्व कति वर्षलाई मान्य हुन्छ ? कति बर्षभित्र नयाँ समिति चयन गर्नु पर्ने प्रावधान छ ? आजिवन एकै ब्यक्ति अध्यक्ष भइरहने प्रावधान त कतै छैन? किन सधै एकै ब्यक्ति अध्यक्ष बनिरहनुकाे रहस्य के छ ? क्याम्पस स्थापना दिखि हाल सम्म क्याम्पस ब्यवस्थापनकाे नाममा भित्रने अनुदान सहयाेग के कति पार्दशितापुर्ण मितव्यी बन्न सकेकाे छ कि छैन ?

डाेल्पाे क्याम्पसमा वर्षनि अनुदान आइरहने विद्यार्थी कहिल्यै क्याम्पस नजाने क्याम्पसका शिक्षकहरुले तलब खाइरहने तर भाैतिक अवस्था जिर्ण हुँदै जाने अवस्थाले भलै डाेल्पालि जनशक्तिले शैक्षिक याेग्यताकाे कागज लिन सफल भएका हाेलान तर गुणस्तर रतिभर छैन भन्दा दुई मत नहाेला ।

जे हाेस क्याम्पसकाे किर्ते सभाले अहिले डाेल्पा तताएकाे छ ,तताउनु पनि बैशाख जेठकाे धुपमा हाेइन पुसकाे अन्त्य देखि माघकाे दाेस्राे सातासम्म निकै परिवर्तनकाे राप दिने गरि समाजलाई गर्माएकाे छ ।

याे रापताप र गर्माइएकाे प्रयासले किर्ते सभाका कलंकरुपि खलनायक र संलग्न नायकहरुकाे मात्र पर्दाफास र कार्वाहीमा सिमित नभएर संचालक समितिकाे नेतृत्व लगायककाे भुमिका र क्याम्पसकाे नाममा विभिन्न निकायबाट विभिन्न समयमा भित्रिएकाे अनुदान सहयाेगकाे सार्वजनिक सुनुवाई र सुधार तर्फ केन्द्रीत हुन सके मात्र क्याम्समा बलिरहेकाे बर्तमान परिवर्तन उन्नमुख रापतापले सार्थकता पाउने छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!