ताजा समाचार

एनआईसी एशिया लघुवित्तको चौरजहारी शाखाद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

प्रचण्ड खत्री/रुकुम पश्चिम :रुकुम पश्चिमको चौरजहारीमा रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयले आफ्ना केन्द्रका सदस्यहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ। शनिबार आयोजित सो कार्यक्रम चौरजहारी शाखा अन्तर्गतका केन्द्र प्रमुखहरूको उपस्थितिमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको शाखा प्रमुख नवीन केसीले जानकारी दिए।

संस्थामा आबद्ध सदस्यहरूलाई आर्थिक रूपमा सशक्त बनाउँदै उनीहरूलाई दिगो जीविकोपार्जनतर्फ अभिप्रेरित गर्नु तालिमको उद्देश्य रहेको शाखा प्रमुख केसिले बताए। तालिममा कर्जा सदुपयोग गर्ने तरिका, दीर्घकालीन बचतको महत्व, र भविष्यमा बाख्रापालन तथा च्याउ खेती जस्ता आयमूलक पेशामा संलग्न हुनुपर्ने विषयमा जानकारी दिइएको थियो।

तालिममा कुल ४५ जना सदस्यको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा एनआइसी एसिया लघुवित्तका कर्णाली प्रदेश प्रमुख नवराज सिंहको प्रमुख आतिथ्यमा र  उपप्रदेश कार्यालय खलंगाका तिलक भट्टराईको अतिथिमा सम्पन्न गरिएको हो।

केन्द्र प्रमुखहरूका अनुसार यस्ता तालिमहरूले सदस्यहरूलाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ। आगामी दिनहरूमा अझ व्यापक रूपमा यस्ता कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया