ताजा समाचार

मानव अधिकार शिक्षा सम्बन्धि एक दिने कार्यशाला गाेष्ठी सम्पन्न 

विष्णुप्रसाद देवकोटा

हिमाली जिल्ला डाेल्पामा मानव अधिकार शिक्षा सम्बन्धि एक दिने कार्यशाला गाेष्ठी सम्पन्न भएकाे छ ।

कमजाेर मानव अधिकारकाे अवस्था रहेकाे हिमालि जिल्ला डाेल्पामा  नागरिकमा मानव अधिकारकाे क्षेत्रधिकार लगायत यसकाे उपयाेगिताकाे प्रभावकारीता बढाउन र मानव अधिकारकाे मुलभूत शिद्दान्त बारे जानकारी गराउने उद्देश्यले  कार्यशाला गाेष्ठिकाे आयाेजना गरिएकाे थियाे ।

नेपाल मानव अधिकार संगठन कर्णाली प्रदेशकाे आयाेजनामा सदरमुकाम  दुनै स्थित न्यु शिद्दार्थ हाेटलमा गरिएकाे कार्यक्रमका सहभागिहरुले जिल्लामा मानव अधिकारकाे प्रत्याभूतिकाे आभास हुने गरि राज्यस्तरवाट काम नभएकाे गुनासाे ब्यक्त गरे ।

जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनि निर्वाचित जनप्रतिनिधि विद्यालयका शिक्षक शिक्षिका बालबालिका सुरक्षा निकायका अधिकृत तथा जवानहरु अन्तरपाटी महिला सन्जाल राष्ट्र सेवबक कर्मचारी लगायत सर्वसाधारणकाे बाग्लाे सहभागीता रहेकाे थियाे ।

मानव अधिकार भनेकाे के हाे ? कुन कुन अवस्थामा मानव अधिकारकाे उल्लंघन हुन्छ मानवअधिकारको संबैधानिक ब्यवस्था र राज्य र नागरिक दुबैले पालना गर्नु पर्ने मानव अधिकारकाे मूल्य र मान्यताका बारेमा नेपाल मानव अधिकार संगठनका केन्द्रीय पुर्व अध्यक्ष महामर्णिश्वर आचार्य र अधिबक्ता विनाेद कार्कीले सहजिकरण गर्नु भएकाे थियाे  ।

जिल्लामै  सम्भवत पहिलाे पटक सबैक्षेत्र तह र तप्काबाट अर्थपुर्ण सहभागिता सहित आयाेजना गरिएका् कार्याशाला गाेष्ठीकाे उद्घाटन कार्यक्रमका प्रमुख जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर राेकायाले गर्नु भएकाे थियाे ।

नेपाल मानव अधिकार संगठन कर्णाली प्रदेश संयाेजक लिलाराज राेकायाकाे अध्यक्षतामा भएकाे उद्घाटन शत्रमा नेपाली कांग्रेस डाेल्पाका काबा सभापति लबकुमार शाही नेकपा माओवादी कर्णाली प्रदेश कमिटि सदस्य ओमेन्द्र केसी नेकपा( एकीकृत समाजवादी ) कि मायासिं ठकुरी र राप्रपाका अर्जुन शाहीलगायतले जिल्लाकाे समग्र मानव अधिकारकाे अवस्था नागरिकले भाेग्नु परेकाे पीडा राज्य संयन्त्रणले खेल्नु पर्ने भुमिकाका बारेमा मन्तब्य राख्नु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!