विष्णुप्रसाद देवकोटा
त्रिपुरासुन्दरी नगरपालिका वडानम्वर ७ र ८ का सर्वसाधारणले सामान्य राेग निदानकाे लागि जिल्ला बाहिर जानू नपर्ने भएकाे छ ।घरआगनमै रहेकाे स्वास्थ्य संस्थाबाट प्रदेश अस्पताल सुर्खेतका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श सेवा लिन पाउने भएपछि सामान्य राेगकाे निदानका लागि जिल्ला बाहिरका महंगो अस्पतालका चिकित्सकसंग जानू नपर्ने भएकाे हाे ।
जिल्ला अस्पताल दुनैमा मात्र सिमित भएकाे टेलिमेडिसिन सेवा विस्तारसंगै पहाडा स्वास्थ्य चाैकीमा नयाँ प्रविधिको प्रयाेग मार्फत विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परामर्श सेवा संचालनमा आउने भएकाे छ ।
त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा गरिएकाे टेलिमेडिसिन सेवा विस्तार यसवाट लिन सकिने फाइदाकाे बारेमा सराेकारवालाई जानकारी गराउने कार्यक्रममा टेलिमेडिसिन सेवा विस्तार सम्बन्धि जानकारी गराइएकाे हाे ।
स्वास्थ्य सेवा कार्यालय जिल्ला अस्पताल दुनैका टेलिमेडिसिन सेवा विस्तार फाेकल ब्यक्ति रमेश डांगीले स्वास्थ्य चाैकीमा स्वास्थ्य परिक्षणकाे लागि आउने विरामीहरुले नयाँ प्रविधिको प्रयाेग अनलाइनवाटै विशेषज्ञ चिकित्सकसंग आफ्नाे राेगकाे कथा भनेर उपचारकाे लागि परामर्श लिने बताउनु भयाे ।
प्रदेश अस्पताल सुर्खेतका २१ जना विशेषज्ञ चिकित्सकहरुले ओपिडिकाे समयमा परामर्श दिने ब्यवस्था गरिएकाे फाेकल ब्यक्ति डांगीले जानकारी दिनु भयाे ।नगरपालिकाका नगरप्रमुख जनचन्द्र राेकायाले जिल्लाका ८ ओटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरु मध्येवाट सेवा प्रवाह र अभिलेखिकरणमा पहिलाे स्थान हासिल गर्नु गाैरबकाे विषय भएकाे बताउनु भयाे ।
ग्रामीण बस्तीमा रहेका सर्वसाधारणले अब आफ्नाे राेगकाे कथा अनलाइनवाट विशेषज्ञ चिकित्सकलाई भनेर अनलाइनवाटै उचित परामर्श लिएर आैषधी किन्न तथा सेवन गर्नुका साथै जटिल राेगकाे उपचारकाे लागि सम्भव भएसम्म जिल्लामै सम्भव नभएमा जिल्ला बाहिर गएर उपचार गर्न सक्ने पनि नगरप्रमुख राेकायाले बताउनु भयाे ।
नगर स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले नगरभित्रका पांच ओटै स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सहित नयाँ प्रविधिको सामाग्रीकाे ब्यवस्था गरिएकाे बताउनु भयाे ।
स्वास्थ्य सेवा प्रवाहामा जिल्लाकै पहिलाे स्थान हासिल गरेकाेमा सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिदै आगामी वर्ष कार्य सम्पादनमा उत्कृष्ट हुने गरि काम गर्न स्वास्थ्य शाखा मातहतका स्वास्थ्य इन्चार्ज र स्वास्थ्यकर्मीलाई निर्देशन दिदै आधारभुत स्वास्थय केन्द्र चुँ, मुहुँ रुम ,रावतबाडा र स्वास्थ्य चाैकि सुँलाई विरामी बाेक्न स्ट्रेचर वितरण गरिएकाे बताउनु भयाे ।
यसै गरि नगर स्वास्थ्य संस्थाहरुकाे मासिक बैठक समेत गरिएकाे थियाे ।विभिन्न स्वास्थ्य संस्थाका इन्चार्जहरुले आआफ्नाे संस्थाकाे विगत वर्तमानमा सम्पादन गरिएका काम र भावि कार्य याेजनाहरुकाे प्रगति विवरण प्रस्तुत गरेका थिए ।