विष्णुप्रसाद देवकोटा
डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका केन्द्र जनिकै रहेकाे त्रिपुराकाेट स्वास्थ्य चाैकीमा कात्तिक २३ र २४ गते निशुल्क माेतिबिन्दु अप्रेशन शिविर संचालन हुने भएकाे छ ।
नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा डाेल्पा र उपशाखा त्रिपुराकाेटकाे आयाेजना तथा तिलगंगा आँखा प्रतिष्ठान ( क्याेर ब्लाइन्डनेस परियाेजना) काठमाडौं सुर्खेत आँखा अस्पताल र त्रिपुरासुन्दरी नगरपालिकाकाे आर्थिक तथा प्राविधिक सहयाेगमा उक्त शिविर हुने भएकाे हाे ।
माेतिबिन्दु अप्रेशन शिविर अगाडि त्रिपुरासुन्दरी नगरपालिकाकाे आधारभूत स्वास्थ्य केन्द्र चुं २०८१ कात्तिक ८ गते विहिवार आधारभुत स्वास्थ केन्द्र मुहुं मा कात्तिक ९ गते स्वास्थ्य चाैकी लिकु कात्तिक १० गते स्वास्थ्य चाैकी पहाडामा कात्तिक ११ गते एक दिने माेतिबिन्दुका विरामी छनाैट आँखा शिविर संचालन हुने छ ।
यसैगरी भगवती आधारभूत बिध्यालय छल कात्तिक १२ गते रामशाह आधारभूत बिद्यालय बन्तडी कात्तिक २० गते र जनक आधारभूत बिद्यालय दागिनामा कात्तिक २१ गते बुधवार माेतिबिन्दु छनाैट शिविर संचालन गरिने छ ।
छनाैट शिविरवाट छनाैट भएका माेतिबिन्दुका विरामीहरुकाे त्रिपुराकाेटमा कात्तिक २३ र २४ गते संचालन हुने निशुल्क माेतिबिन्दु अप्रेशन शिविरमा शल्यक्रिया गरिने त्रिपुरासुन्दरी स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिनु भयाे ।