पोखरा । गण्डकी नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ८८७ मत खसेको छ । कुल ९०७ मतदाता रहेकोमा २० जना अनुपस्थित रहे ।
अहिले केहीबेरमा पोखरा सभागृहमा मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट १६५ सदस्यीय कमिटी चुनिने छ । तीमध्ये २७ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
गण्डकी प्रदेश अध्यक्षका निम्ति निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी चुनावी मैदानमा छन् । उनीहरू दुवै प्यानलसहित मैदानमा उत्रिएका छन् ।