डाेल्पा,पुस १ गते ।
नेपाली कांग्रेस त्रिपुरासुन्दरी नगर कार्य समितिले प्रेस युनियनकाे तर्फवाट नेपाल पत्रकार महासंघकाे भर्खरै सम्पन्न निर्वाचनवाट कर्णाली प्रदेश सदस्यमा निर्वाचित विष्णुप्रसाद देवकोटालाई सम्मान गरेकाे छ ।
नेपाली कांग्रेस नगर कार्य समिति त्रिपुरासुन्दरी नगरपालिकाका अध्यक्ष टाेपबहादुर शाहीकाे अध्यक्षता तथा जिल्लाका बरिस्ठ नेता गाैरीशंकर उपाध्यायकाे समुउपस्थितीमा सम्मान कार्यक्रम गरिएकाे हाे ।
नेपाल पत्रकार महासंघकाे मङ्सिर २८ गते सम्पन्न निर्वाचनमा प्रेस युनियन डाेल्पाका अध्यक्ष समेत रहनु भएका देवकोटाले कर्णाली प्रदेश सदस्य( खुला)मा कर्णालीका दस वटै जिल्लावाट अत्याधिक मत ल्याएर निर्वाचित हुनु भएकाे हाे ।