डाेल्पा,पुस ८ गते । डाेल्पाकाे काईके गाउँपालिकामा नेपाल टेलिकमकाे 4G सेवा संचालनमा आएकाे छ ।काईकेकाे शहरतारामा रहेकाे नमस्ते माेवाईल टावरमा थप सेवा विस्तार गर्दै 4G सेवा संचालनमा ल्याएकाे हाे ।
नेपाल टेलिकमले बिटिएस प्रणालीमा आफ्नाे ईन्टरनेट सेवा थप विस्तार गर्दै पुस ८ गते आईतवार देखि फाेर्जी सेवा संचालनमा ल्याएकाे काईके गाउँपालिका डाेल्पाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र राेकाया”उत्तम” ले जानकारी दिए ।
आईतवार देखि नेपाल टेलिकमकाे फाेर जी इन्टरनेट सेवा संचालनमा आएपछि साबिकाे शहरतारा गाबिस र लावन गाबिस हाल काईके गाउँपालिका वडा नं.१ देखि ७ सम्मका सबै वडा बासिन्दा ईन्टरनेटकाे पहुँचमा पुगेकाे काईके गाउँपालिका डाेल्पाका अध्यक्ष अंगद कुमार रानाले बताए ।
अध्यक्ष रानाले भने” जनताको आबश्यकता अनुसार ईन्टरनेटकाे पहुँच पुगेकाे छ । इन्टरनेटलाई सुधार गर्दै पालिका भित्रका सबै कामकाज अनलाइन बिधुतिय माध्यमबाट गरिने छ। साथै काईके सम्मकाे सडककाे कामकार्य पनि भैरहेको छ।
आईतवार देखि काईके गाउँपालिकामा फाेर्जि ईन्टरनेट सेवा संचालनमा आए संगै वडा तथा पालिका भित्र अनलाइन माध्यमबाट हुने कामकाज सहज हुने काईके गाउँपालिका डाेल्पाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्झना पराजुलीले बताएकी छिन । फाेर्जि सेवा संचालनमा पहल गर्ने सबै ब्यक्तित्वलाई प्रशासकीय अधिकृत पराजुलीले धन्यवाद समेत दिएकी छन ।