ताजा समाचार

डाेल्पाकाे मुड्केचुला गाउँपालिकाले साउन २३ देखि योजना सम्झौता शिविर सञ्चालन गर्ने

विष्णुप्रसाद देवकोटा

डोल्पा ।डोल्पाको हिमाली गाउँपालिका मुड्केचुलाले चालू आर्थिक वर्ष २०८२/८३ मा विनियोजित विकास योजनाहरू समयमै कार्यान्वयन गर्नका लागि योजनाबद्ध ढंगले सम्झौता शिविर सञ्चालन गर्ने तयारी गरेको छ।

गाउँपालिकाले साउन २३ गतेदेखि सुरु हुने सम्झौता शिविरहरू मार्फत उपभोक्ता समितिमार्फत सञ्चालन हुने सम्पूर्ण योजनाहरूको सम्झौता यही साउन मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।

 ठेक्का प्रणालीमार्फत लागु गरिने योजनाहरूको ठेक्का आव्हान भदौ १५ गतेभित्र गर्ने निर्णय समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले जानकारी दिए।

शिविर कार्यक्रमको तालिका यसप्रकार रहेको छ

श्रावण २३ गते – वडा नं १, २ र ३ को सम्झौता, स्थान: वडा नं २ को कार्यालय

श्रावण २४ गते – वडा नं ४, स्थान: सम्बन्धित वडा कार्यालय

श्रावण २५ गते – वडा नं ७, स्थान: सम्बन्धित वडा कार्यालय

श्रावण २६ गते – वडा नं ८, स्थान: सम्बन्धित वडा कार्यालय

श्रावण २७ गते – वडा नं ९, स्थान: सम्बन्धित वडा कार्यालय

श्रावण २८ गते – वडा नं ५, स्थान: सम्बन्धित वडा कार्यालय

श्रावण २९ गते – वडा नं ६, स्थान: सम्बन्धित वडा कार्यालय

पालिकाले विकास योजना कार्यान्वयनको सुरुवातमै सम्झौता सम्पन्न गरी योजनाहरूको भौतिक प्रगति र पारदर्शितामा बल दिने नीति अवलम्बन गरेको छ। यसै सन्दर्भमा, गाउँपालिकाले सम्बन्धित वडा कार्यालयहरू तथा सरोकारवाला निकायहरूलाई आवश्यक पूर्वतयारी र व्यवस्थापनमा जुट्न अनुरोध समेत गरेको छ।

स्थानीय विकास प्रक्रियामा योजना सम्झौता शिविरले पारदर्शिता, सहभागिता र गति दिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया