ताजा समाचार

डाेल्पामा स्याउ जाेन प्रभावकारी:किसानलाई वितरण गरियाे १२ हजार ६०० स्याउका बिरुवा

विष्णुप्रसाद देवकोटा

डोल्पा,फागुन४ गते ।पछिल्लो समय स्याउ खेती डोल्पाली किसानहरुको आर्थिकोपार्जनको प्रमुख आधार बन्दै गएको छ ।स्याउको उत्पादन राम्रो हुनुका साथै बजार पहुँचमा पुग्न थालेपछि स्याउ खेती डोल्पाली किसानको आर्थिकोपार्जनको मुख्य आधार बन्दै गएको हो ।

स्याउ खेतीवाटै कर्णालीका किसानहरुको आर्थिक जीवनस्तर माथि उठाउने उद्देश्यले नेपाल सरकारले कर्णालीमा विशेष कार्यक्रम अन्र्तगत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत स्याउ जोन कार्यक्रम संचालन गरिरहेको छ ।

परियोजना कार्यान्वयन इकाई दुनै डोल्पाले चालु आर्थिक वर्ष ०८१।०८२का लागि मात्र ६ लाख ९३ हजार मुल्य बराबरको स्याउका १२ हजार ६०० विरुवा पचास प्रतिसत अनुदानमा किसानलाई वितरण गरेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ३ स्थित जीउँ र सुउँ गाउँका किसान र वडानम्बर ४ रंग गाउँका किसान त्यसैगरि ठूलिभेरी नगरपालिका र जगदुल्ला गाउँपालिकाका सबै वडाका प्रस्तावना आह्रवान भई छनौट भएका किसानहरुलाई विरुवा वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई डोल्पाले जनाएको छ ।

गत आर्थिक वर्ष ०८०।०८१ मा ५० हेक्टर स्याउ खेती योग्य जमिनमा लगाउने गरि १४ हजार ७०० स्याउका विरुवा वितरण गरेको कार्यालयले यो आर्थिक वर्षको लागि ४० हेक्टर जमिनमा खेती गर्ने गरि विरुवा वितरण गरेको कार्यालयको भनाई छ ।

कार्यक्रमलाई प्रभावकारी र पार्दर्शि बनाउन,जोन क्षेत्रमा भएका प्रविधि र पूर्वाधारहरुको अभिलेखिकरण तयार गर्न,कार्ययोजना तयार गर्न जोन अर्नगतका कृषक कृषक समूह कृषि सहकारी उद्यमी कानून बमोजिम दर्ता भएका कृषि सम्बन्धित कम्पनी र फर्महरुको विवरण अद्यावधी गर्न लाभाग्राहीको प्रतिनिधित्व रहने गरी परियोजना कार्यान्वयन इकाईमा जोन स्थापना लागि सूचिकृत भएका निश्चित क्षेत्र भित्रका संस्थाहरुको प्रतिनिधित्व हुने गरी ९ सदस्यीय संचालन समन्वय समिति गठन गरी काम भइरहेको कार्यालय प्रमुख गोविन्द बहादुर मल्लले जानकारी दिनु भयो ।

त्यसैगरी उत्पादित बस्तुको बजारिकरण र उद्योगसंग जोड्ने परियोजनाका सरोकारवालासंग समन्वय र सहकार्य गर्न जोन विकास कार्यक्रमको अनुगमन एवं पृष्ठपोषणमा परियोजना इकाईलाई सहजीकरण गर्ने कार्यमा समेत संचालन समन्वय समितिले  सहयोग गर्ने गरेको छ ।

यो आर्थिक वर्ष ०८१।०८२ मा डोल्पावाट झण्डै एक करोड बराबरको स्याउ जोन संचालित क्षेत्रका  किसानको २० मेट्रिक टन स्याउ जिल्ला बाहरि निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई प्रमुख मल्ले बताउनु भयो ।

डोल्पाको भूभाग स्याउ र सिमि खेतीको लागि उर्भर भएकाले विशैष कार्यक्रमका साथ परियोजना कार्यालयले काम गरिरहेको र पछिल्लो समय परियोजनाका कार्यक्रमहरु प्रभावकारी बन्दै गएको पनि प्रमुख मल्लले बताउनु भयो ।

परियोजना कार्यालय मार्फत मुड्केचुला र काइके गाउँपालिकामा १८४ हेक्टर खेतीयोग्य जमिनमा सिमि जोन कार्यक्रम अन्र्तगत सिमि खेती भइरहेको छ ।सिमि जोन कार्यक्रलाई प्रभावकारी र पारदर्शि बनाउन दुई पालिकाका लाभाग्राही किसानको प्रतिनिधित्व रहने गरी सिमि संचालन समन्वय समिति गठन भइ काम भइरहेको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!