डाेल्पान्युज डेक्स
मङ्सिर २२ गते ।
जगदुल्लामा नेकपा (एमाले) डोल्पाकाे पहिलाे पालिका अधिवेशन सम्पन्न भएकाे छ ।शुक्रबार जगदुल्ला गाउँपालिकामा पालिका अधिवेशन गरेको हाे । नेकपा (एमाले) को ७ औँ जिल्ला अधिवेशन पछि पालिका अधिवेशन गर्ने पहिलो पालिका जगदुल्ला भएको छ ।
पार्टिको बिधि बिधान अनुसार जिल्ला अधिवेशन पछि पालिका अधिवेशनको महत्व विशेष हुने भएकोले कार्यकर्ताको सहकार्यमा मंसिर २१ गते पालिका अधिवेशन गरेको नेकपा (एमाले) जगदुल्ला गाउँपालिका सचिव सुरेन्द्र बोहोराले जानकारी दिनु भयाे ।
गाँउ तथा पालिकामा पार्टिका कार्यकर्ताको अपेक्षा धेरै भएपनि सहजै पुरा गर्न सक्ने अबस्था नभएपनि बिकासको लागि र पार्टिको हितमा नेकपा (एमाले) सधैभ तमतयार रहेको नेकपा (एमाले) एमाले केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोराले बताउनु भयाे ।
अब हरेक पालिकाले मिसन ८४ लाइ मध्यनजर गरी काम गर्नुपर्ने र मिसन ८४ सफल पारेर नेकपा (एमाले) पार्टी पहिलो पार्टी बनाउनुपर्ने बोहोराको आग्रह थियो ।
नेकपा (एमाले) अब पार्टिको बिधि बिधान बाहेक अरु भावनामा नचल्ने पार्टी भएकोले ढुक्क भएर पार्टीको काम गर्न नेकपा (एमाले) डोल्पाका पार्टि अध्यक्ष लंक बहादुर रोकायाले कार्यकर्तालाइ बिश्वास दिलाउनु भयाे ।
भनुसुन र हुनेखानेको आधारमा पार्टिले निर्णय नगर्ने तर कामका आधारमा जनताको सेवा गर्न नेता चयन गर्ने गरी पार्टीले पठाउछ राेकायाले भन्नू भयाे ।
पालिका अधिवेशनमा कार्यकर्ताले पार्टीका नेताले जनताको भावना बुझ्नुपर्ने र पैसाले मात्रै राजनिति गर्न सक्ने कुराको अन्त गर्नुपर्ने शब्द रहेका गित तथा नृत्य प्रस्तुत गरिएकाे थियाे ।
हर्ष र उल्लासका साथ पालिका अधिवेशनमा उपस्थित रहेका कार्यकर्ताले पहिलो पटक जिल्लाका नेताहरुको ठुलो उपस्थिति भएको पाएपछि उत्साहित भएको र अब जगदुल्लामा नेकपा (एमाले) ले हरेक क्रियाकलापमा सक्रियता बढाउदै जाने नेकपा (एमाले) जगदुल्ला गाउँपालिका अध्यक्ष कमल रोकायाले प्रतिबद्धता जनाउनु भयाे ।